वर्षा र सञ्जोगको हनिमुन फ्रान्समा
![वर्षा र सञ्जोगको हनिमुन फ्रान्समा](https://annapurnapost.prixacdn.net/media/albums/barsa-sanjog_20190424074000_ls5Ulzx4EU.jpg)
काठमाडौं : गत वर्षको प्रणय दिवसका दिन विवाह बन्धनमा बाँधिएका वर्षा राउत र सञ्जोग कोइराला यतिबेला हनिमुन मनाउन फ्रान्स पुगेका छन्।बिहेलगत्तै दुवैजना काममा व्यस्त रहेकाले हनिमुनका लागि समय निकाल्न सकेका थिएनन्। कामबाट केही समय विश्राम लिएर यो जोडी यतिबेला हनिमुन ट्रिपमा रमाइरहेको छ।
केही दिन अगाडि मात्र उनीहरु हनिमुन मनाउन फ्रान्स उडेका थिए।अहिले उनीहरु फ्रान्सको राजधानी पेरिसका रमणीय स्थानहरु घुमघाममा व्यस्त छन्।दुबैले घुमघामका क्रममा खिचिएका तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।
एक तस्बिरमा वर्षालाई संजोगले अंगालोमा लिएका छन् भने, दोस्रो तस्बिरमा वर्षाले संजोगलाई गालामा चुम्बन गरेकी छन्। दुबै तस्बिरको पृष्टभूमिमा एफिल टावर देख्न सकिन्छ।
बैबाहिक जीवनमा बाँधिएको करिब डेढ महिनापछि उनीहरु हनिमुन ट्रिपमा निस्किएका हुन्।विवाहलगत्तै अभिनेत्री वर्षा फिल्म 'जात्रै जात्रा' को छायांकनमा व्यस्त थिइन्।यो फिल्मको छायांकन पूरा भएलगत्तै श्रीमान् संजोगसँग उनी हनिमुनका लागि पेरिस उडेकी हुन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)