सहयोग मागेरै स्कुल पोशाक

सहयोग मागेरै स्कुल पोशाक

परासी : पश्चिम नवलपरासीको राष्ट्रिय माध्यामिक विद्यालय रामग्राम-९ करमैनीका विद्यार्थीलाई सहयोग मागेर स्कुल पोशाक र झोला उपलब्ध गराइएको छ। विद्यालयमा नियमित पोशाक अनिवार्य छ।तर नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई थप पोशाक अनिवार्य गर्न विद्यालयले विभिन्न सहयोगीदातालाई आग्रह गरेको थियो।

सहयोग उपलव्ध भएपछि विद्यार्थीलाई सातामा दुई दिन भिन्ना भिन्नै रङको पोशाक अनिवार्य गरिएको छ। अन्य दिनमा भने विद्यालयले अनिवार्य गरेको नियमित पोशाक नै लगाउने छन्। 

नियमित पोशाकमा निलो पाइण्ट र आकाशे कमिज छ।थप गरिएको पोशाकमा सुन्तला रङको टि-सर्ट र कालो धर्के ट्रयाक छ। उक्त पोशाक विद्यार्थीले मंगलबार र शुक्रबार लगाउने छन्।अन्य दिनमा भने नियमित पोशाक नै लगाउने छन्। उपल्लो कक्षाका विद्यार्थीले भने साताभरी एकै रङको नियमित पोशाक नै लगाउने छन्।

विद्यालयमा अति विपिन्न र दलित समुदायका विद्यार्थी रहेकाले उनीहरुको पोशाकका लागि दातासँग सहयोग मागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधेश्याम पाठकले बताए। माथिल्लो कक्षामा अध्ययन गर्नेभन्दा तल्लो कक्षाका विद्यार्थीको छिटो पोशाक फोहोर हुने भएकाले पोशाक थप गरिएको हो।

पोशाकले विद्यार्थीको सरसफाई र आकर्षमा पनि प्रभाव पार्ने शिक्षकको बुझाई छ। विद्यालयको आर्थिक अवस्था कमजोर रहेकाले दातासँग पोशाक र स्कुल झोलाको सहयोग मागिएको पाठकको भनाई छ।

स्कुल पोशाकले विद्यालय भर्ना अभियानलाई पनि मद्दत पुगेको पाठकले जानकारी दिए। विद्यालय क्षेत्र रहेको वडामा करिब १ सय ५० बढी बालबालिका विद्यालय बाहिर छन्।निजी विद्यालयको सिको गर्दै तल्लो कक्षाका विद्यार्थीलाई सातामा दुई रङको पोशाक व्यवस्था गरिएको हो।

पोशाकले पनि स-साना बालबालिकामा प्रभाव पार्न सक्ने भएकाले विद्यालयले निजी विद्यालयको शैली अपनाएको हो।  विद्यालयले नर्सरीदेखि कक्षा १ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको छ। बालबालिकालाई विद्यालयमा आकर्षित गराउन नर्सरी र एलकेजीका विद्यार्थीलाई निःशुल्क पुस्तक वितरणसमेत गराइएको पाठकले जानकारी दिए।

हाल विद्यालयमा नर्सरीदेखि कक्षा ५ सम्म १ सय ८० विद्यार्थी अध्ययनरत छन्। उनीहरु सबैका लागि उपलब्ध गराइएको पोशाक र झोलामा करिब २ लाख खर्च भएको छ। त्यसरी सहयोग उपलब्ध गराउनेमा प्रदेशसभा सदस्य बैजनाथ जयसवाल (५० हजार), लम्जुङका पूर्वशिक्षक मनोज लामा (३० हजार), विद्यालयका अध्यक्ष राधेश्याम पाठक (२५ हजार), रामग्राम-३ का विकास घिमिरे(२० हजार), रामग्राम-९ का वडाअध्यक्ष सुनिल पाठक (१५ हजार) र रामग्राम-३ का माया भट्ट (१०हजार) रहनु भएको विद्यालयले जनाएको छ।अन्यले पनि सहयोग दिने आश्वासन दिएको अध्यक्ष पाठकले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.