सिन्धुलीमा अटो दुर्घटना : एकको मृत्यु, ७ घाइते

सिन्धुलीमा अटो दुर्घटना : एकको मृत्यु, ७ घाइते

सिन्धुली : सिन्धुलीको मरिण गाउँपालिका ४ सहान कपिलाकोटामा अटो टेम्पो दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्। नयाँवस्तीबाट सहानतर्फ जाँदै गरेको ना १ ह ४६४९ नम्बरको अटो बुधबार दिउँसो २ बजेतिर अनियन्त्रित भई दुर्घटना हुँदा मरिण गाउँपालिका- ३ की वर्ष ३७ की शान्तीमाया योञ्जनको मृत्यु भएको प्रहरीले जनाएको हो। 

दुर्घटनामा गम्भीर घाइते योञ्‍जनको कपीलाकोट स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख चक्रबहादुर सिंहले जनाकारी दिए। 

दुर्घटनामा मरीण गाउँपालिका-३ चनौटे बस्ने ५५ वर्षीय अटो चालक श्रीलाल माझी, सोही ठाउँका ६०वर्षीय खड्कबहादुर श्रेष्ठ, मरिण गाउँपालिका- ४ का ४५वर्षीया चिनिमाया वाइवा र मरिण गाउँपालिका- ५ की १२ वर्षीया अन्जना थोकर गम्भीर घाइते भएका छन्। 

माझीको कम्मरमुनीदेखि तिग्रासम्म चिरिएको छ। श्रेष्ठको हात भाँचिनुका साथै शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ भने वाइवा र थोकरको छाती र शरीरका अन्य भागमा गहिरो चोट लागेको छ। 

यस्तै मरिण गाउँपालिका- ५ की २५वर्षीया संगीता वाइवा, ३ बस्ने १४ वर्षीया संगीता लो र सोही ठाउँ बस्ने २५ वर्षीया मिनु कुमारी योञ्जनको पनि कम्मरमा चोट लागेको छ। घाइते सबैको कपिलाकोट स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। तीव्र गतिमा रहेको अटो सडकबाट करिब २७ फिट तल खसेको सिंहले जानकारी दिए।

दुर्घटनाका घाइतेलाई इलाका प्रहरी कार्यालय कपिलाकोटको टोली र स्थानीयले उद्धार गरेका थिए।अटोका चालक माझीलाई प्रहरीले नियन्त्रणमा लिएर उपचार जारी राखेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.