सीडीओ कार्यालयमै घुस : सुब्बासहित दुई पक्राउ
काठमडौं : जिल्ला प्रशासन कार्यालय इलामका नायब सुब्बा घुससहित पक्राउ परेका छन्। नायब सुब्बा विनोद केसी युवा स्वरोजगार कार्यक्रमका स्वयमसेवक भानुभक्त आचार्यसँगै पक्राउ परेका हुन्।
नायब सुब्बा केसीले हराएको पासपोर्टको प्रतिलिपि निकाल्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिइरहेका अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली उनीहरुलाई पक्राउ गरेको हो।
नासु सुब्बाको निर्देशन अनुसार आचार्यले सेवाग्राहीसँग ६ हजार घुस लिएका थिए। उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदिपकुमार कोइरालाले जानकारी दिए।