महिला फुटबलको उपाधि एपिएफलाई

महिला फुटबलको उपाधि एपिएफलाई

दाङ : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलको उपाधि एपिएफले जितेको छ । त्रिभुवन आर्मी क्लवलाई हराउँदै सशस्त्र प्रहरी बलको टीमले उपाधि जितेको हो ।

बुधबार दाङको बेलझुण्डी रङगशालामा भएको फाइनल खेलमा एपिएफले आर्मीलाई ट्राइब्रेकरको आधारमा हराउँदै उपाधि चुमेको हो । निर्धारित ९० मिनेटसम्म दुबै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । आर्मीको खेल अवधिमा पाएको तीन अवसर गुमाउँदा उपाधि पनि गुमाउनु परेको छ । पेनाल्टी सुटआउटमा एपिएफले ४-३ गोलले आर्मीलाई हराएको हो ।

मंगलबार बेलझुण्डी रंगशालामा भएको खेलमा प्रदेश नम्बर ३ लाई शुन्यका विरुद्ध ६ गोलले पराजित गर्दै आर्मीले फाइनलमा पुगेको थियो । भने ट्राइब्रेकरमा नेपाल पुलिस क्लवलाई हराउँदै सशस्त्र प्रहरीको एपिएफ फाइनलमा पुगेको थियो । महिला फुटबलमा  दोस्रो आर्मी र तेस्रो पुलिस क्लव भएका छन । महिला फुटबलको बुधवार नै एक समारोहका बीच बेलभुण्डीमा समापन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.