राष्ट्रपति भण्डारी सियानमा : माधव नेपाल बेइजिङमा

राष्ट्रपति भण्डारी सियानमा : माधव नेपाल बेइजिङमा

बेइजिङ : राष्ट्रपति विद्यादेवी भण्डारी चीनको नौदिने राजकीय भ्रमणका लागि चिनियाँ समकक्षी सी चिनफिङको गृहनगर एवं प्राचीन राजधानी सियान आइपुगेकी छन्। नेपाल एयरलाइन्सको विमानमा उनी नेतृत्वको टोली सियान आइपुगेको हो। उनी राष्ट्रपति सीको निमन्त्रणामा चीन भ्रमणमा आएकी हुन्। उनी बिहीबार दिउँसो राजधानी बेइजिङ आइपुग्ने छिन्।

नेपालमा लोकतन्त्र आएसँगै राजसंस्था बिदा गरी राष्ट्रपति प्रणाली संस्थागत गरेपछि चीनले पहिलो पटक नेपाली राष्ट्रपतिको स्वागत गर्न लागेको हो। सान्सी प्रान्तको राजधानी सियानस्थित स्यानयाङ विमानस्थलमा त्यहाँका उप–गभर्नर हू मिङलाङ, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीका साथै वरिष्ठ अधिकारीले स्वागत गरेका थिए।

राष्ट्रपति भण्डारीले सान्सीका गभर्नर लिउ कोचोङसँग बिहीबार बिहान भेटवार्ता गर्ने तथा युनेस्को विश्व सम्पदामा सूचीकृत टेराकोटा वारियर्सस्थल भ्रमण गर्ने छिन्। उनी बिहीबार साँझ बेइजिङ ओर्लने छिन्। 

बेइजिङमा हुने बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो सम्मेलनमा सहभागी हुन उनी चीन आएकी हुन्। राष्ट्रपतिलाई पहिलो पटक स्वागत गर्ने क्रममा चीनले उनको भ्रमणलाई महत्व दिएको छ। उनले सम्मेलनलाई सम्बोधन गर्ने छिन् भने साइडलाइनमा हुने गोलमेच सम्मेलनमा पनि सम्बोधन गर्ने दूतावासले जानकारी दिएको छ।

 सम्झौतामा हस्ताक्षरपछि नेपालको पहुँच चीनका ४ बन्दरगाह र ३ सुक्खा बन्दरगाहको प्रयोगसँगै उत्तरतर्फको समुद्रसम्म हुनेछ।

वै राष्ट्रपतिबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ। वार्तापछि पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने दूतावासले जनाएको छ। पारवहन तथा परिवहनसम्बन्धी प्रोटोकललाई कार्यान्वयन गर्ने, नाकाहरू थप व्यवस्थित गर्ने, सञ्जाल विस्तार गर्नेलगायतमा सहकार्यसम्बन्धी समझदारी हुने बताइएको छ। सम्बन्धका विभिन्न आयाममा छलफलपछि पारवहन तथा यातायात सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुने छ । हस्ताक्षरपछि नेपालको पहुँच चीनका ४ बन्दरगाह र ३ सुक्खा बन्दरगाहको प्रयोगसँगै उत्तरतर्फको समुद्रसम्म हुनेछ।

यसअघि प्रधानमन्त्री केपी ओलीको भ्रमणमा भएका सहकार्य र सम्झौता कार्यान्वयनमा ल्याउन पनि छलफल हुने बताइएको छ। राष्ट्रपति भण्डारीले वरिष्ठ चिनियाँ अधिकारीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने दूतावासका अधिकारीले बताए। उनी ल्हासा हुँदै वैशाख १९ गते स्वदेश फर्कने छिन्। भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, संघीय संसद्का सदस्य, वरिष्ठ सरकारी अधिकारी, चीनका लागि नेपाली राजदूत र निजी क्षेत्रका प्रतिनिधिलगायत छन्।

पूर्वप्रधानमन्त्री नेपाल बेइजिङमा

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बुधबार नै बेइजिङ आइपुगेका छन्। उनी चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा आएका हुन्। उनी काठमाडौंबाट राष्ट्रपति भण्डारीसँगै देखिएका उनी बेइजिङ आएका हुन्। उनी पनि बीआरआई सम्मेलनमा सहभागी हुन आए पनि राष्ट्रपतिको भ्रमण दलमा नरहेको र अन्य कार्यक्रम फरक रहेको दूतावासका अधिकारीले जानकारी दिए।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.