पुनर्निर्माण अबको एक वर्षमा सम्पन्न हुन्छ : प्रधानमन्त्री

पुनर्निर्माण अबको एक वर्षमा सम्पन्न हुन्छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बाँकी रहेको पुनर्निर्माणलाई अबको एक वर्षभित्रमा सम्पन्न गर्ने बताएका छन्। बिहीबार सामाजिक सञ्जालमा ट्विट गर्दै प्रधानमन्त्री ओलीले युद्धस्तरमा अघि बढाएको पुनर्निर्माणलाई अबको एक वर्षमा सम्पन्न गर्ने दावी गरेका छन्।

उनले चार वर्षअघिको विनाशकारी भूकम्पले भौतिक पूर्वाधार निर्माणमा सजगताको पाठ सिकाएको उल्लेख गरेका छन्। प्रधानमन्त्री ओलीले ट्विटमा लेखेका छन्,'चार वर्षअघिको विनाशकारी भूकम्पले हामीलाई सुरक्षित आवास र भौतिक पूर्वाधार निर्माणमा सजगताको पाठ सिकाएको छ।

सयौं वर्ष अघिदेखिका संरचना एकैछिनमा ढल्छन् र तिनीहरुको पुनर्निर्माण गर्न वर्षौँ लाग्छ। हामीले युद्धस्तरमा अघि बढाएको पुनर्निर्माणलाई अबको एक वर्षमा पूर्णतामा पुर्याउँछौँ।'

चार वर्षअघिको विनाशकारी भूकम्पले हामीलाई सुरक्षित आवास र भौतिक पूर्वाधार निर्माणमा सजगताको पाठः सिकाएको छ–सयौं वर्ष अघिदेखिका संरचनाहरु एकैछिनमा ढल्छन् र तिनीहरुको पुनर्निर्माण गर्न वर्षाै लाग्छ। हामीले युद्धस्तरमा अघि बढाएको पुनर्निर्माणलाई अवको एक वर्षमा पूर्णतामा पुर्याउँछौं ।

— K P Sharma Oli (@kpsharmaoli) April 25, 2019

प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.