भूकम्पपछि चम्केको रसुवागढी

भूकम्पपछि चम्केको रसुवागढी

नुवाकोट : एक दशकअघिसम्म खासै चर्चामा नआएको रसुवागढी नाका भूकम्पपछि निकै व्यस्त हुन थालेको छ । काठमाडौंदेखि १५२ किलोमिटर उत्तर भोटेकोसी किनारामा रहेको रसुवागढी नाकालाई नेपाल र चीनले उत्तिकै प्राथमिकतामा राखेका छन् । भूकम्पले तातोपानी नाका अवरुद्ध भएपछि रसुवागढी नाका सञ्चालन हुन थाल्यो । भूकम्पपछि चीनले रसुवागढी नाकाबाटै नेपाललाई सहयोग तथा राहत सामग्री उपलब्ध गराएको थियो ।

रसुवागढी नाकासम्म पुग्नका लागि सडक मार्ग स्तरोन्नति भइरहेको छ । पृथ्वी राजमार्गको गल्छीदेखि नुवाकोटको विदुर हुँदै रसुवाको वेत्रावती–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी मार्गसम्म जोड्न दुई लेनको सडक निर्माण भइरहेको छ ।  सरकारको योजनाअनुसार रसुवागढीवाट सडकमार्ग मात्रै नभई चीनको सिगात्सेदेखि आउने रेल भोटेकोसी नदी हुँदै नेपालको त्रिशूली नदीको किनारैकिनार काठमाडौैं र लुम्बिनीसम्म पुर्‍याउने योजना रहेको प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले बताए ।

रसुवागढी भन्सार कार्यालयबाट भन्सार राजस्व संकलनमा बढोत्तरी भएको छ । रसुवागढी भन्सार कार्यालयले चालु वर्षको नौ महिनामा ८ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । सो भन्सारले ०७५÷०७६ मा ७ अर्ब ६२ लाख ६४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।

साउनदेखि चैत मसान्तसम्ममा ८ अर्ब ७ करोड ५८ लाख ७७ हजार राजस्व संकलन गरिसकेको रसुवागढी भन्सार कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए । गत साउन र भदौ दुई महिनामा लक्ष्यभन्दा कम राजस्व उठाएको कार्यालयले त्यसपछिका महिनामा लक्ष्यभन्दा बढी राजस्व उठाउँदै आएको प्रमुख भन्सार अधिकृत खड्काको भनाइ छ । ‘हामीले वार्षिक लक्ष्य फागुनमै भेट्टाइसकेका थियौं’, उनले भने, ‘सामग्री आयात बढेका कारण हामीले सफलता पाएका हौं ।’

मैलुङ–स्याफ्रुबेँसी सडक सञ्चालनमा आएसँगै कारोबारमा सहज भएको छ । मालबाहक कन्टेनर तथा साना सवारीसाधन उक्त सडक खण्डबाट आवतजावत गरिरहेका छन् । रसुवागढी भन्सार कार्यालय टिमुरेले चालु वर्ष ०७५÷०७६ को पहिलो चौमासिकमा ३ अर्ब ७४ करोड ९३ लाखभन्दा बढी राजस्व संकलन गरेको थियो। भन्सार प्रमुख खड्काका अनुसार मंसिरमा ६० करोड असुली लक्ष्य रहेकोमा ७० करोड र कात्तिकमा ६० करोड असुली लक्ष्य रहेकोमा ८७ करोड रुपैयाँ राजस्व संकलन गरिएको छ । भन्सार कार्यालयले असोजमै मंसिरको १५ गतेसम्मको राजस्व संकलन गर्न सफल भएको थियो । रसुवागढी भन्सारले असोजमा २ अर्ब ३२ करोड ६९ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । प्रमुख खड्काका अनुसार असोजमा ६० करोड ९ लाख ३८ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।

रसुवागढी नाकाबाट दैनिक २ सय ५० भन्दा बढी कन्टेनर आवतजावत गर्छन्। रसुवागढी नाकाबाट जाडोयामका तयारी कपडा, स्याउ, लेडिज सेन्डल, रबर, प्लास्टिकका जुत्ता चप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्री, यूपीएस, प्लास्टिकका सामानलगायतका मुख्य वस्तु आयात भइरहेको छ।

नेपालबाट चीनतर्फ हस्तकलाका सामान, मेहन्दी, दन्तमन्जन, शृंगारका सामान, चाउचाउ, पास्ता, जुसजाम, चकलेट, ऊनी कार्पेट, चुइगम, हेयर आयल, हेयर क्रिमलगायतकामुख्य वस्तु निर्यात भइरहेको छ  ।रसुवागढी नाकामा भन्सार कार्यालय स्थापना २०१३ सालमा भएको हो। नेपालको उत्तरी चीन जोड्ने रसुवागढी नाका पुरानो भए पनि २०७१ मंसिर १५ गतेदेखि विधिवत् रूपमा सञ्चालनमा आएको हो। २०७२ वैशाख १२ गतेको भूकम्पले केही महिना रसुवागढी नाका बन्द भएको थियो। भन्सारले दैनिक एक करोड रुपैयाँ राजस्व संकलन गरे पनि पर्याप्त मात्रामा भौतिक पूर्वाधार नहुँदा धेरै समस्या रहेको छ। रसुवागढी भन्सारमा पर्याप्त कन्टेनर पार्किङ गर्ने ‍यार्ड छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.