एनसेलबाट कर असुल्न विद्यार्थी संगठनको माग

एनसेलबाट कर असुल्न विद्यार्थी संगठनको माग

काठमाडौं : विभिन्न विद्यार्थी संगठनले एनसेलबाट कर उठाउन सरकारसँग माग गरेका छन्।एनसेलले सर्वोच्च अदालतको आदेश अवज्ञा गरेको भन्दै विभिन्न विद्यार्थी संगठनले आपत्ति जनाएका छन्।

बिहीबार संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै वाइसीएल नेपाल,अनेरास्वियु,युवासंघ नेपाल र अनेरास्ववियु(क्रान्तिकारी)विद्यार्थी संगठनले आपत्ति जनाएका हुन्। 'सर्वोच्च अदालतको फैसललाई समेत अवज्ञा गर्ने एनसेलको यस्तो रवैया खेदजनक छ।कर तिर्न नपरोस् भन्ने मनसायले उसले गर्ने कुनै पनि चालबाजी वा चाहनाबाजी हामीलाई किमार्थ स्वीकार्य छैन,' विज्ञप्तिमा उल्लेख छ।

विद्यार्थी संगठनले जसरी पनि एनसेलबाट कर असुल गर्न नेपाल सरकार र सम्वद्ध निकायसँग अनुरोध गरेको छ।साथै संगठनले एनसेललाई यथाशीघ्र कर बुझाउन अपिल गरेको छ।

२४ घण्टा भित्र एनसेलले कर नतिरेमा विभिन्न दवावका कार्यकम्र घोषणा गरिने पनि विद्यार्थी संगठनले विज्ञप्तिमा जनाएका छन्।

ठूला करदाता कार्यालयले पुँजीगत लाभकर तिर्न एलसेल प्रालिलाई सातदिने अल्टिमेटम दिएको छ। ठूला करदाता कार्यालयले मंगलबार तिर्नुपर्ने कर निर्धारण गरी कम्पनीलाई सात दिनभित्र तिर्न निर्देशन दिएको हो। कार्यालयले ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ ७१ पैसा तिर्नुपर्ने कर निर्धारण गरेको छ।

करदाता कार्यालयले  निर्धारण गरेको करप्रति चित्त नबुझेपछि एनसेलले आइतबार सर्वोच्चमा रिट दर्ता गरेको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.