दुई दर्जन टेम्पु नियन्त्रणमा

दुई दर्जन टेम्पु नियन्त्रणमा

सिन्धुली: ट्राफिक प्रहरी सिन्धुलीले कागजातबिना नै संचालन भएका र ट्राफिक नियमको उलंघन गर्ने दुई दर्जन टेम्पुलाई नियन्त्रणमा लिएको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले विलबुक, लाइसेन्स र परमिट नभएको अटो रिक्सालाई नियन्त्रणमा लिई कमलामाई नगरपालिकाको कार्यालयमा बुझाएको हो। 

जिल्लामा संचालन हुने टेम्पुले ट्राफिक नियमको उलंघन गर्दै विलबुक, लाइसेन्स तथा दर्ता प्रक्रिया नै पूरा नगरी संचालन हुने गरेको गुनासो बढेपछि चेकजाँचका क्रममा दुई दर्जन टेम्पुलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेले जानकारी दिए।

'कमलामाई नगरपालिकाको सहयोगमा ट्राफिक प्रहरीले नगरभित्रका विभिन्न स्थानमा गरेको चेकजाँचका क्रममा दुई दर्जनबढी टेम्पुहरु नियन्त्रणमा लिएका छौं,' पाण्डेले भने।

यसरी नियन्त्रणमा लिएका टेम्पु र चालकलाई नियमअनुसार कारबाही गरिने पनि पाण्डेले बताए।आफ्ना सवारी साधनको कागजात, चालकको लाइसेन्स तथा ट्राफिक नियमको पालना गर्न यस अघि प्रहरीले पटकपटक आग्रह गरेको थियो। तर, प्रहरीको आग्रहलाई व्यवास्था गर्दै संचालन भइरहेका टेम्पुहरुलाई नियन्त्रणमा लिएर कारबाही थालेको हो।

जिल्लामा सदरमुकाम र ग्रामिण क्षेत्रमा गरी झण्डै ३ सयबढी टेम्पुहरु संचालन रहेका छन्। तिव्रगतीमा क्षमता भन्दाबढी भार बोकेर टेम्पुहरु संचालन हुँदा जिल्लामा दुर्घटना समेत बढेका छन्।बुधबारमात्र तिव्रगती र क्षमताभन्दाबढी यात्रु कोक्दा मरिण गाउँपालिका ३ को सहानमा यस्तो टेम्पु दुर्घटना हुँदा १ जनाको मृत्यु हुनुका साथै ७ जना घाइते भएका थिए। चारजना यात्रु बोक्ने क्षमताका टेम्पुले जिल्लामा ८ जनासम्म बोक्ने गरेका छन्। 

उनीहरुले यात्रुहरुसँग जबरजस्ती तोकिएको भन्दाबढी भाडा लिने गरेको पाइएको पनि प्रहरीले जनाएको छ। यात्रुसँग बढी भाडा लिएको भन्ने प्रहरी र नगरपालिकामा उजुरी परेपछि एक साता अघिमात्र कमलामाई नगरपालिकाले नयाँ भाडादर कायम गरिदिएको छ।

प्रहरीले ट्रफिक नियमको पालना नगर्ने टेम्पु र चालकको दैनिक चेकजाँच गरिरहेको र कागजात नभएकालाई नियन्त्रणमा लिएर कारबाही गर्ने चेतावनी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.