अपांगमैत्री संरचना निर्माणको माग
काठमाडौं : अपांगमैत्री भौतिक पूर्वाधार निर्माणको माग गर्दै अपाङ्गता भएका व्यक्ति मन्त्रालयमा पुगेका छन्। उनीहरुले भवन, सडक निर्माण गर्दा अपाङ्गता विविधतालाई ध्यान दिनुपर्ने माग गरेका छन्।
उनीहरुले संघीय मामिला तथा सामान्य प्रशासन, शहरी विकास लगायतका मन्त्रालयमा गएर ज्ञापन पत्र बुझाएका छन्। भवन, सडकलगायत भौतिक पूर्वाधार निर्माण गर्दा अपाङ्गतालाई ध्यान नदिएको उनीहरुको आरोप छ।