नारायणी अस्पतालमा एन्टी रेबिज भ्याक्सिनको अभाव

नारायणी अस्पतालमा एन्टी रेबिज भ्याक्सिनको अभाव

वीरगन्ज : वीरगन्जको नारायणी अस्पतालमा एक सातादेखि एन्टी रेबिज भ्याक्सिनको अभाव भएको छ।अभाव हुँदा उपचारका लागि अस्पतालमा पुग्ने सेवाग्राही मर्कामा परेका छन्।

कुकुरले टोकेपछि लगाउनुपर्ने एन्टी रेबिजभ्याक्सिन नारायणी अस्पतालले निशुल्क उपलब्ध गराउँदै आएको छ।  तर अस्पतालमा एक सातायता एन्टी रेबिज भ्याक्सिन सकिएका कारण नारायणी अस्पतालमा उपचारका लागि पुग्ने सेवाग्राही अस्पताल बाहिरको निजी औषधि पसलबाट चर्को मुल्यमा भ्याक्सिन खरिद गर्न बाध्य छन्।

कुकुरले टोकेका घाइतेलाई चिकित्सकको सल्लाहमा आवश्यकता अनुसार चारदेखि पाँचवटा भाइल एन्टि रेबिज भ्याक्सिन लगाउनुपर्ने हुन्छ। अस्पतालमा भ्याक्सिन सकिएको भन्दै स्वाथ्यकर्मीले जनाएपछि सेवाग्राही अस्पताल बाहिरका निजी औषधी पसलबाट पाँच सय ५० रुपैयाँको दरमा भ्याक्सिन खरिद गर्न बाध्य छन्।

१० वर्षीय छोरा निरज कुमारलाई कुकुरले टोकेपछि उपचारका लागि बिहीबार बिहान ११ बजे नारायणी अस्पतालमा पुगेका बारा इटीयाहीका अमीरा साह सोनारले अस्पतालमा एन्टि रेबिज भ्याक्सिन नपाएपछि बाहिरको औषधि पसलबाट एउटा भ्याक्सिन पाँच सय ५० रुपैयाँमा खरिद गरेको बताए।

डाक्टर साबले अस्पतालमा अहिले सुइ सकिएको छ, चार पाँच दिनपछि मात्रै आउँछ भन्नुभयो, सोनारले भने, 'डाक्टर साबले सुइ छैन भनेपछि औषधि पसलबाट साढे पाँच सय रुपैयाँमा किनेर ल्याए।'

नारायणी अस्पतालको आकस्मिक कक्षमा कार्यरत सिनियर अहेब प्रह्लाद साहले पनि अस्पतालमा एन्टी रेबिज भ्याक्सिन सकिएकाले सेवाग्राही निजी औषधि पसलबाट सुइ किन्न बाध्य भएको स्वीकारे।

नपाएपछि निजी औषधि पसलबाट किनेर ल्याएको एन्टी रेबिज भ्याक्सिन देखाउँदै बारा इटियाहीका अमीरा साह सोनार। तस्बिरः क्रान्ति शाह

साहका अनुसार गत साउनभन्दा पहिले हैटौडमा रहेको मध्यमाञ्‍चल क्षेत्रीय मेडिकल स्टोरले नारायणी अस्पतालमा हरेक महिना आठ सय भाइल एन्टी रेबिज भ्याक्सिन पठाउँदै आएको थियो।

तर गत साउन महिनादेखि भने क्षेत्रीय मेडिकल स्टोरले नारायणी अस्पतालमा महिनामा पाँच सयवटा मात्र भाइल भ्याक्सिन पठाउने गरेको छ। बिरामीको चाप बढ्दै गएको छ तर क्षेत्रीय मेडिकल स्टोरले भ्याक्सिन भने कम गर्दै गएको छ, उनले भने, 'भ्याक्सिन सकिएका कारण बिरामीले बाहिरका औषधि पसलबाट आफै खरिद गरेर ल्याउने गरेका छन्।'

पर्साकै ग्रामीण भेगमा रहेको पोखरीया अस्पतालमा पनि केहि महिनादेखि एन्टी रेबिज भ्याक्सिन सकिएकाले ग्रामीण भेगका कुकुरले टोकेका बिरामी पनि नारायणी अस्पतालमै आउन थालेकाले भ्याक्सिनको अभाव हुन थालेको साहले बताए।

साहका अनुसार नारायणी अस्पतालमा पर्सा, बारा, रौतहट, सर्लाही, मकवानपुर जिल्लासम्मका बिरामीहरु उपचारका लागि आउने गरेका छन्। 

एक त पहिलोको भन्दा घटाएर क्षेत्रीय मेडिकल स्टोरले नै भ्याक्सिन कम पठाइरहेको छ, त्यसमा पनि पोखरीया अस्पतालमा पनि भ्याक्सिन नहुँदा गाउँका बिरामी पनि यतै आउने गरेका छन्, उनले भने, 'सीमावर्ति भारतीय बजार र गाउँबाट पनि कुकुरले टोकेका बिरामी यही अस्पतालमा आएर नातागोताको नेपाली नागरिकता पेश गरेर भ्याक्सिन लिएर जान्छन्।  
एन्टी रेबिज भ्याक्सिनका लागि हैटौडमा रहेको मध्यमाञ्‍चा क्षेत्रीय मेडिकल स्टोरमा आफूले पटकपटक माग गरिरहेको भएपनि अहिलेसम्म सुइ नआएको उनले बताए। 

उनले भने, 'अस्पतालले पटकपटक पत्र नै लेखेर भ्याक्सिनको माग गर्दै आएको छ तर मेडिकल स्टोरका कर्मचारीले पठाइ दिन्छौं भन्दै टार्दै आएका छ, कहिलेसम्म आउँछ ठेगान छैन।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.