हिमालयन कार्गोकी सञ्चालकसहित तीनविरुद्ध २३ करोडको सम्पत्ति शुद्धिकरण मुद्दा

हिमालयन कार्गोकी सञ्चालकसहित तीनविरुद्ध २३ करोडको सम्पत्ति शुद्धिकरण मुद्दा

काठमाडौं : सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले हिमालयन कार्गोविरुद्ध २२ करोड ९५ लाख ४९ हजार रुपैयाँको सम्पत्ति शुद्धिकरण मुद्दा दायर गरेको छ। 

बिहीबार विभागले भारतीय नागरिक विनोदकुमार गुप्ता, वीरेन्द्र महतो र हिमालयन कार्गोकी प्रोपराईटर मधुकुमारी चौधरीविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धिकरण मुद्दा दायर गरेको हो। 

उनीहरुले आर्थिक वर्ष २०६५/०६६ देखि २०७४/७५ सम्म राजश्व चुहावट गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट खुलेपछि विभागले विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

गुप्ता र चौधरीले भारतीय नागरिक महतोको मिलेमतोमा २३ करोड ९५ लाख ६८ हजार एक सय ३१ गैरकानुनी स्रोत रकम प्राप्त गरी गैर अकुत सम्पत्ति आर्जन गरेको सम्पत्ति शुद्धिकरणा विभागले जनाएको छ। 

उनीहरुले विभिन्न बैंकमा खोलिएका खातामा १० करोड १० लाख लुकाई छिपाई राखेको र काठमाडौंका विभिन्न स्थानमा २०६५ सालपछि आठ करोड ३० लाखको जग्गामा लगानी गरेको र मधु चौधरी एकल सञ्चालनमा रहेको मंगला रियल स्टेट प्रालिमा दुई करोड लगानी गरेको। 

त्यसैगरी एप्पल पोलिमर प्रालिमा दुई करोड ५० लाख लगानी गरेको पाइएको शुद्धिकरण विभागले जनाएको छ। सँगै मधु चौधरीको नाममा रहेको विभिन्न बैंक तथा वित्तीय संस्थाको शेयरतर्फ चार लाख ९७ हजार लगानी गरेको पाइएको छ। 

उनीहरुविरुद्ध सम्पत्ति शुद्धिकरण निवारण ऐन बमोजिम जरिवाना र कैद सजायको माग गरिएको छ। 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.