भैरहवा मालपोतका कर्मचारी २० हजार घुससहित पक्राउ
भैरहवा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बुटवलले २० हजार घुससहित भैरहवा मालपोतका एक कर्मचारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कार्यालय सहयोगी जोगेन्द्रप्रसाद चौधरी रहेको छन्।
सेवाग्राहीलाई सुकुम्वासी समस्या समाधान आयोगको निर्णय प्रतिलिपी उपलब्ध गराइदिने भन्दै माग गरेको घुस लिएको अवस्थामा उनलाई पक्राउ परेको अख्तियारको बुटवल कार्यालयले जनाएको छ। चौधरीलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको अख्तियार कार्यालयले जनाएको छ।