फेल हुनेलाई लाइसेन्स दिने कर्मचारीविरुद्ध मुद्दा

फेल हुनेलाई लाइसेन्स दिने कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं : परीक्षामा सहभागी नै नभएका र पास भएकालाई सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दिने यातायात व्यवस्था कार्यालयका  महेन्द्र नगरका तत्कालीन प्रमुख सिताराम खनालसहित तीनजनाविरुद्ध मुद्धा दायर गरेको छ। 

अख्तियारले  २०७२ असार १६ देखि २६ गतेसम्म सञ्चालन गरेको परीक्षामा एकजनाबाट ५ देखि १५ हजार रकम लिएर लाइसेन्स दिएको आरोपमा तत्कालीन निमित्त प्रमुख  खनालसहित तीनविरुद्ध  विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

परीक्षा समितिका अध्यक्षसमेत रहेका खनाल, सदस्य मेकानिकल इन्जिनियर योगेन्द्रप्रसाद गुप्ता र जिल्ला ट्राफिक प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षक बाबुकाजी गिरीविरुद्ध मुद्दा दायर गरेको  अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदिपकुमार कोइरालाले जानकारी दिए। 

नीहरुले परीक्षामा सहभागी नै नभएका ८ जनालाई लाइसेन्स दिएको अख्तियारको आरोप पत्रका उल्लेख छ। अख्तियारका अनुसार लिखित परीक्षामा ३ हजार २११ जना सहभागी भएकोमा प्रयोगात्मकमा ३ हजार २६५ सहभागी भएपछि घटना बाहिर आएको थियो। 

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना तथा कैद सजायको मागदाबी गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.