‘गोरखा भूकम्पबाट केही सिकौं’
काठमाडौं : विनासकारी भूकम्प गएको ४ वर्ष पुगेको सम्झनामा मानवअधिकार उद्यान र यूनिक स्टार एजुकेसन फाउन्डेसनले बिहीबार काठमाडौंमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । वैशाख १२ को ‘गोरखा भूकम्पबाट केही सिकौं’ भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा गोरखा भूकम्पका विषयमा विद्यावारिधि गर्नुभएका डा.ज्योति कोइरालाले नेपालमा भूकम्पको सम्भावना, सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरणका विषयमा कार्यपत्रसमेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकारणका निर्देशक समितिका सदस्य निमानन्द रिजालले भूकम्प प्रभावित जिल्लामा पुननिर्माणको काम केही सुस्त देखिए पनि सरकार र प्राधिकरणले ऐतिहासिक र पुरातात्विक महत्वका भवन निर्माणमा गति दिइएको जानकारी दिए ।
कार्यक्रममा अधिवक्ता सुमन आचार्यले पुननिर्माणलाई तीव्रपार्न सरकारले ऐन संशोधन गरेरै भएपनि आवश्यक नीति निर्माण गर्नुपर्ने जानकारी बताए । कार्यक्रमलाई मानवअधिकार उद्यानका सचिव मोतिराम फुयाँलले विनाशकारी भूकम्पले नेपाली समाजमा परेको दीर्घकालीन प्रभाव र प्रभावित जनताको मानवअधिकारको अवस्थाका विषयमा स्पष्ट पारे ।
कार्यक्रममा युनिक स्टार एजुकेसन फाउन्डेसनका अध्यक्ष रामचन्द्रप्रसाद यादव, नगार्जुन कलेजका प्राचार्य नुच्छेबहादुर महर्जन र सञ्चारविध मधुसुधन न्यौपानेले भूकम्पका विविध आयामका विषयमा धारणा व्यक्त गरेका थिए ।