सीजीका टीभीमा आकर्षण
काठमाडौं : चौधरी ग्रुपअन्तर्गत रहेको सिजी इलेक्ट्रोनिक्सले नेपाली बजारमा विभिन्न घरायसी सामाग्री उत्पादन गर्नुका साथै विभिन्न ब्रान्डका सामग्री ग्राहकमाझ उपलब्ध गराउँदै आएको छ। त्यसमध्ये सीजी ब्रान्डमा कम्पनीले विभिन्न उत्पादन नेपालमै उत्पादन गरी बिक्री गर्दै आएको छ।
कम्पनीले चीनलगायत देशबाट आवश्यक सामग्री मगाएर नेपालमै एसेम्बल गर्दै आएको छ। त्यसैअन्तर्गत सीजी ब्रान्डको टीभी एउटा महत्वपूर्ण उत्पादन हो। जसले पछिल्लो समय नेपाली बजारमा उपस्थिति जनाइसकेको छ। मुल्यका आधारमा सीजी ब्रान्डका टीभी तुलनात्मक रूपमा धेरै सस्तो भएकै कारण पनि नेपालीको रोजाइमा परिरहेको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी ब्रान्डका म्यानेजर दिवाकर नगरकोटी बताउँछन्। उनका अनुसार कम्पनीले ग्राहकलाई समयअनुसार नयाँ प्रविधिसँग जोड्दै अघि बढेको छ। आकर्षण डिजाइन, उत्कृष्ट साउन्ड सिस्टम र भिडियो क्वालिटीले गर्दा नेपाली ब्रान्ड ग्राहकको रोजाइमा परेको हो।
नगरकोटीका अनुसार नेपाली बजारमा सिजी ब्रान्डका हाल २० इन्चदेखि ८६ इन्चसम्मका टिभी उपलब्ध छन्। त्यसमा नर्मल एलईडी, स्मार्ट, फोर के यूएचडी, सुपर फोर केसम्मका गुणस्तर भएका चार रेन्जमा टीभी बजारमा उपलब्ध छन्। २०६२ सालमा पहिलोपटक सीआरटी टीभी उत्पादन गरी आफ्नो यात्रा सुरु गरेको सीजी ब्रान्डले हाल विभिन्न रेन्जमा १९ वटा मोडलका टीभी उत्पादन गरिसकेको छ।
‘सस्तो मुल्यमा उत्कृष्ट ब्रान्डका साथै उत्कृष्ट प्रविधिको अपेक्षा गर्ने ग्राहकका लागि सिजीका उत्पादन उपयुक्त हुन्छन्’, नगरकोटी भन्छन्, ‘टीभी डिजाइन र हेराइएको हिसाबले पनि उत्कृष्ट छ। टीभीको कलर ग्राहकको आँखालाई असर नगर्ने गरी तयार पारिएको छ।’ उनका अनुसार नेपाली बजारमा फोर के एन्ड सुपर फोर के स्मार्ट टीभी ४३ देखि ८६ इन्चमा उपलब्ध छ।
जसको बजार मुल्य ५८ हजार ६ सय ९० देखि ६ लाख ६६ हजार ४ सय ९० रुपैयाँसम्म पर्छ। यो सुपर युएचडी टिभी हो। टिभीमा एचडीएमआई–३, युएसडी–२ वाईफाई ब्युल्ट इन, एन्ड्रोएड ६.० मार्समेलो, अल फोर के फम्र्याट प्लेब्याक, दुई जीबी र्याम र ८ जीबी रोमा लगायतका सुविधा छन्। कम्पनीका अनुसार यो टिभी नेपालकै फास्टेस्ट टीभी हो। क्याड कोर प्रोसेसर रहेको टीभीमा माइक्रो कास्टको प्रविधि छ। एन्ड्रोइड टीभी ३२ देखि ४३ इन्चका छन्। जसको बजार मुल्य ३२ हजार चार सय ९० देखि ५१ हजार दुई ९० रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ।
एन्ड्रोइड टर्बो टिभी २० देखि ३२ इन्चका छन्। जसको बजार मुल्य १७ हजार नौ सय ९० देखि २५ हजार चार सय ९० रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार टर्बो टिभी फुल एचडीमा उपलब्ध छ। ए प्लस प्यानल रहेको टीभीमा जिरो ब्राइट डट प्रविधि रहेको छ। फुल युएसबी सपोर्टका साथ टिभी वाइड भ्यू एंगलका साथ आएको छ। स्मार्ट टीभीअन्र्तगत कम्पनीले ३२ देखि ४९ इन्चमा उपलब्ध गराएको छ। जसको बजार मुल्य ३२ हजार दुई सय ९० रुपैयाँबाट ६४ हजार एक सय ९० रुपैयाँसम्म छ। कम्पनीका अनुसार फूल एचडीमा आएको स्मार्ट टिभीमा एचडीएमआई–३, युएसबी–२, वाईफाई ब्युल्ट इन, एन्ड्रोइड, क्वाडकोर प्रासेसर, दुई जीबी र्याम र ४ जीबी रोमजस्ता सुविधा छन्।
कम्पनीले नयाँ वर्षलाई लक्षित गरेर टेलिभिजनमा २८ प्रतिशतसम्मको छुट प्रदान गर्दै आएको छ। छुटका साथै कम्पनीले टीभीमा तीन वर्षको वारेन्टीसमेत प्रदान गरेको छ। बिक्रीपछिको सेवालाई पनि कम्पनीले प्राथमिकतामा राखेको जनाएको छ। कम्पनीले देशका सबै मुख्य–मुख्य सहरमा सर्भिस सेन्टर स्थापना गरेर सेवा दिइरहेको जनाएको छ।
अहिलेसम्म कम्पनीको देशभर आफ्नै ३५ वटा सर्भिस सेन्टर र तीन सयभन्दा बढी डिलरमार्फत सामान बिक्री गर्दै आएको छ। यसका साथै कम्पनीले काठमाडौंमा टोल फ्री नम्बरसमेत सञ्चालन ल्याएको छ। जहाँबाट समस्या परेको खण्डमा समाधान लिन सकिने कम्पनीले जनाएको छ।