अन्नपूर्ण पाेस्टमा कार्यरत दुई पत्रकार पुरस्कृत
काठमाडौं : अन्नपूर्णकर्मी दिवाकर भण्डारी र मनिष दुवाडी प्रादेशिक उत्कृष्ट फोटोपत्रकारिता अवार्डबाट पुरस्कृत भएका छन् ।
राष्ट्रिय फोटोपत्रकारिता दिवसको अवसरमा उनीहरुलाई राष्ट्रिय फोटोपत्रकार समूहले २५÷२५ हजार रकम सहित प्रमाणपत्र वितरण भएको हो ।
काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले उनीहरुलाई पुरस्कार वितरण गरेका थिए । दिवाकर प्रदेश २ बाट र मनिष प्रदेश ३ बाट उत्कृष्ट फोटोपत्रकारको रुपमा पुरस्कृत भएका हुन् ।
दिवाकर अन्नपूर्ण पोस्टको बारा जिल्ला रिपोर्टर हुन् भने मनिष धादिङबाट रिपोर्टिङ गर्दैआएका छन् । नेपालको पत्रकारिता इतिहासमा १९८४, आजकै दिन पहिलो पटक सर्वसाधारणको तस्बिर पत्रिकामा प्रकाशित भएको थियो । यस अवसरमा देशका विभिन्न स्थानमा फोटोपत्रकारिता सम्बन्धि विभिन्न कार्यक्रम गरिएको छ ।