हिमालमा फसेका मलेसियन नागरिकको यसरी भयो उद्धार (भिडियो)

हिमालमा फसेका मलेसियन नागरिकको यसरी भयो उद्धार (भिडियो)

काठमाडौं : अन्नपूर्ण प्रथम हिमाल आरोहणपछि फर्किदै गर्दा बेपत्ता भएका मलेसियन नागरिकको उद्धार भएको छ। मिम्रिक एयर लाइन्सको हेलिकोप्टरले मंगलबारदेखि हराइरहेका विकिन चीनको शुक्रबार उद्धार गरेको हो। 

उद्धारपछि उनलाई सिम्रिक एयरको हेलिकोप्टरबाट ललितपुरको मेडिसिटी अस्पताल ल्याइएको छ। क्याप्टेन विवेक खड्काले  उडाएको हेलिकोप्टरबाट लङलाइनमार्फत् ती आरोहीलाई हिमालबाट सुरक्षितस्थल हुँदै हेलिमार्फत काठमाडौं ल्याइएको हो। 

अन्नपूर्ण हिमालको क्याम्प ४ बाट उनको उद्धार भएको हो। बिमा कम्पनीले बेवास्ता गरेपछि आरोही चिनकी श्रीमतीले सिम्रक एयर गुहारेकी थिइन्। हाई अल्टिच्युडमा उड्न सक्ने हेलिकोप्टर, साहसी पाइलट र दक्ष उद्धार टिम भएको सिम्रिकले बुधाबारैदेखि उद्धार सुरू गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.