राजपाको महाधिवेशन कार्तिकमा

राजपाको महाधिवेशन कार्तिकमा

काठमाडौं : राजपा नेपालले पार्टीको एकता महाधिवेशन आगामी कार्तिकमा गर्ने निर्णय गरेको छ। 

आइतबारदेखि बसेको राजपा नेपालको पदाधिकारी बैठकले कार्तिक २७ देखि २९ गते महाधिवेशन गर्ने निर्णय गरेको बैठकपछि संयोजक शरदसिंह भण्डारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

यसअघि राजपाले वैशाखको ७ देखि ९ सम्म महाधिवेशन गर्ने घोषणा गरेको थियो। तर आन्तरिक तयारी नपुगेपछि महाधिवेशन स्थगित भएको थियो।

महाधिवेशन स्थगति भएपछि बसेको राजपा पदाधिकारी बैठकले कार्तिकमा महाधिवेशन गर्ने मिति तोकेको हो। महाधिवेशन तयारीका लागि महन्थ ठाकुरको संयोकत्वमा मुल तयारी समितिसमेत गठन भएको छ। 

त्यसैगरी बैठकले पार्टीको विधान बनाउन नेता लक्ष्मणलाल कर्णको संयोजकत्वमा ९ सदस्यीय विधान समिति समेत गठन गरेको छ। 

बैठकले नागरिता समस्या समेत सुल्झाउन माग गरेको संयोजक भण्डारीले जारी गरेको विज्ञिप्तमा उल्लेख छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.