खुल्लामञ्चका अबैध सटर भत्काइयो

खुल्लामञ्चका अबैध सटर भत्काइयो

काठमाडौं : अबैधरुपमा निर्माण गरिएका खुल्ला मञ्चका सटर भत्काइएको छ । अतिक्रमण गरेर बनाइएका खुल्ला मञ्चका सटर काठमाडौं महानगरपालिकाको अगुवाइमा शनिबार बिहान भत्काइएको हो। 

काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले भने माथिको आदेशमा भत्काइएको भन्ने जानकारी पाएको भएपनि यसबारे अनविज्ञ रहेको बताइन्।  विरोधमा उत्रने केही व्यापारीलाई  प्रहरीले नियन्त्रणमा लिएको छ ।  शुक्रबार मात्रै उपमेयर खड्गीले खुलामञ्चमा निर्माण गरिएका संरचना हटाउन सात दिनको अल्टिमेटम दिएकी थिइन् । 

काठमाडौं महानगरपालिका र निर्माण व्यवसायी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सबीच तीन वर्षसम्म खुलामञ्च उपभोग गर्ने गरी सम्झौता भएको थियो। महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले २०७३ साउन ३० गते कार्यादेशमार्फत निर्माण कम्पनीलाई खुलामञ्च उपयोग गर्न लिएका थिए। 

महानगरले दुईवटा शौचालय, दुईवटा प्रतीक्षालय, एक क्यान्टिन, एक मेडिकल पसल, एक टिकट काउन्टर, एक ट्राफिकको बोर्ड राख्ने स्थान र एक म्यानेजमेन्ट बस्ने कोठा निर्माणको मात्रै सम्झौता भएको थियो । निर्माण कम्पनी अवैधरुपमा सटर बनाएर भाडा लगाएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.