खुलामञ्‍चका टहरामा मेयर र उपमेयरको ‘टसल’

खुलामञ्‍चका टहरामा मेयर र उपमेयरको ‘टसल’

काठमाडौं : खुलामञ्चमा टहरा निर्माण र डोजर परिचालनमा मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीको ‘टसल’ देखिएको छ। शनिबार प्रधानमन्त्रीको निर्देशनमा खुलामञ्चमा अवैध रुपमा निर्माण गरिएका टहरा र सटर भत्काएपछि यो खुलेको हो। 

‘उपमेयरको प्रतिवेदन कुर्दा ढिला हुने भयो। जनताको गुनासो आएपछि रत्नपार्कका टहरा भत्कायौँ’, टहरा भत्काएलगत्तै खुलामञ्च पुगेका मेयर शाक्यले भने, ‘मैले उपमेयरलाई निरन्तर सम्झौता विपरीत रत्नपार्कमा बनाएका टहराको रिपोर्ट ल्याउनु भनेको हुँ।’ 

उपमेयरलाई निरन्तर यो विषयमा जानकारी गराउँदा पनि अटेर गरेको मेयर शाक्यको भनाइ छ। ‘रत्नपार्क उहाँको क्षेत्रसमेत हो। अनुगमन समितिको जिम्मा पनि उहाँलाई नै भएकाले मैले पटकपटक  भनेको हुँ’, मेयर शाक्यले भने, ‘उहाँले लिखित अनुमति माग्नु भो। मैले त्यो पनि दिएँ। तर, रिपोर्ट आउन ढिला हुने भएपछि भत्काउन निर्देशन दिएको हुँ।’ 

मेयर शाक्यले व्यापारीलाई सामान निकाल्ने समय दिएर भत्काएको पनि जानकारी  दिए।

अवैध रुपमा धमाधम निर्माण गरिएका खुल्लामञ्चका सटर  भत्किएपछि मेयर र उपमेयरबीचको टसल सार्वजनिक भएको हो। अतिक्रमण गरेर बनाइएका खुल्ला मञ्चका सटर र टहरा काठमाडौं महानगरपालिकाका मेयरको  अगुवाइमा शनिबार बिहान भत्काइएको हो। 

काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले भने माथिको आदेशमा भत्काइएको भन्ने जानकारी पाएको भए पनि यसबारे अनविज्ञ रहेको बताइन्।  विरोधमा उत्रने केही व्यापारीलाई  प्रहरीले नियन्त्रणमा लिएको छ।  शुक्रबार मात्रै उपमेयर खड्गीले खुलामञ्चमा निर्माण गरिएका संरचना हटाउन सात दिनको अल्टिमेटम दिएकी थिइन्। 

काठमाडौं महानगरपालिका र निर्माण व्यवसायी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सबीच तीन वर्षसम्म खुलामञ्च उपभोग गर्ने गरी सम्झौता भएको थियो। 

महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले २०७३ साउन ३० गते कार्यादेशमार्फत निर्माण कम्पनीलाई खुलामञ्च उपयोग गर्न लिएका थिए। 

महानगरले दुईवटा शौचालय, दुईवटा प्रतीक्षालय, एक क्यान्टिन, एक मेडिकल पसल, एक टिकट काउन्टर, एक ट्राफिकको बोर्ड राख्ने स्थान र एक म्यानेजमेन्ट बस्ने कोठा निर्माणको मात्रै सम्झौता भएको थियो। निर्माण कम्पनी अवैधरुपमा सटर बनाएर भाडामा लगाएपछि यसको चौतर्फी विरोध भइरहेको थियो। 
  

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.