खुलामञ्‍चका अवैध सटर भत्काउँदा जे दखियो

खुलामञ्‍चका अवैध सटर भत्काउँदा जे दखियो

काठमाडौं : शनिबार खुलामञ्चमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीको विवाद छताछल्ल भयो।  प्रधानमन्त्रीको निर्देशनमा मेयर शाक्यको  उपस्थीतिमा अतिक्रमण गरिबनाइएका सटर डोजर लगाएर भत्काएपछि उपमयेर हरिप्रभा खड्गी त्यहाँ पुगिन।

भत्काउन मेयर शाक्य र प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको टोली डोजर लिएर त्यहाँ पुगेको थियो।  मेयरको टोली अतिक्रमण गरेर बनाएका सटर भत्काएर फर्कियो। त्यसपछि पुगिन् उपमेयर खड्गी। 

भत्काएका सटर धनीलाई सहानुभूति दिने उद्देश्यले आफू अनुगमन समिति संयोजक भएपनि जानकारी नदिइ भत्काएको भन्दै व्यवसायीका साहानुभूति लिन यो स्थानमा पुगेकी हुन्। 

शुक्रबार मात्रै खड्गीले लिखित जिम्मेवारी पाएकी थिइन्। आइतबार उनले बैठक बोलाएकी थिइन। तर,  उपमेयरले अनुगमन नथाल्दै मेयरको नेतृत्व सटर भत्काइयो। यहाँ पुगेकी उपमेयर आफूलाई कस्ले भत्काएको जानकारी नभएको बताइन्। 

मिडिया र व्यापारीकोबीच घेरिएकी उपमेयरले मेयरसँग असन्तुष्टी पोख्दै गर्दा भत्काएका सटर धनी आक्रोशित भए । आफूलाई समय नै नदिई सटर भत्काएको उनीहरु विरोधमा उत्रिएका थिए। उनीहरु नाराबाजी गर्न थाले।  उनीहरुले महानगर, सरकारदेखि पत्रकारसम्मको विरोध गरे। 

सुरुमा क्षतिपूर्तिको माग गर्दै गरेका उपमेयरमाथि जाइ लागे। दुईजना व्यवसायी प्रहरीले नियन्त्रणमा लियो।  त्यसपछि उपमेयर खड्गी त्यहाँबाट भाग्नु पर्ने स्थीति सिर्जना भयो।  बसपार्क छिर्ने गेटसम्म उपमेयर पुगिन्। 

गेटसम्मै आक्रोशित व्यवसायीले नाराबाजी गरे।  प्रहरीले सुरक्षा दिएर उपमयेरलाई त्यहाँबाट भगाइयो।  आफूलाई जानकारीसम्म नदिई सटर भत्काइएको भन्दै व्यवसायीले गुनासो गरे। आफ्नो रोजिरोटी नै खोसिदिएको उनीहरुको गुनासो छ। 

खुलामञ्चको अतिक्रमण गरी ५२ सट बनाइएको थियो। किर्ते कागज गरी खलामञ्च अतिक्रमण गरेको भन्दै विरोध भएपछि महानगरले अतिक्रमण कारी हटाएको हो। 

‘उपमेयरको प्रतिवेदन कुर्दा ढिला हुने भयो। जनताको गुनासो आएपछि रत्नपार्कका टहरा भत्कायौँ’, टहरा भत्काएलगत्तै खुलामञ्च पुगेका मेयर शाक्यले भने, ‘मैले उपमेयरलाई निरन्तर सम्झौता विपरीत रत्नपार्कमा बनाएका टहराको रिपोर्ट ल्याउनु भनेको हुँ।’ 


उपमेयरलाई निरन्तर यो विषयमा जानकारी गराउँदा पनि अटेर गरेको मेयर शाक्यको भनाइ छ। ‘रत्नपार्क उहाँको क्षेत्रसमेत हो। अनुगमन समितिको जिम्मा पनि उहाँलाई नै भएकाले मैले पटकपटक  भनेको हुँ’, मेयर शाक्यले भने, ‘उहाँले लिखित अनुमति माग्नु भो। मैले त्यो पनि दिएँ। तर, रिपोर्ट आउन ढिला हुने भएपछि भत्काउन निर्देशन दिएको हुँ।’ 

मेयर शाक्यले भने व्यापारीलाई सामान निकाल्ने समय दिएर भत्काएको पनि जानकारी  दिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.