राष्ट्र बैंकका गभर्नरको दावी : देश उच्च आर्थिक वृद्धिमा अघि बढ्यो
काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले कृषि, उर्जा र पर्यटनमा आशलाग्दो प्रगति भएको बताएका छन् ।
नेपाल राष्ट्र बैंकको ६४औं वार्षिकोत्सवमा बोल्दै नेपालले वित्तीय सुचकांक सकारात्मक भएको पनि बताए । देश उच्च आर्थिक वृद्धिको बाटोमा अगाडि बढेको पनि उनको भनाइ छ ।
कृषि, ऊर्जा, पर्यटन लगायत क्षेत्रमा कर्जा प्रवाह बढेको भन्दै राजनीतिक स्थायित्वसँगै वित्तीय क्षेत्रमा लिइएका नीतिगत पहलले अर्थतन्त्र सकारात्मक भएको उनले बताए छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार गत चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ८ हजार दुई सय ५ पुगेको छ । प्रतिशाखाले सेवा प्रदान गर्नसक्ने जनसंख्या ३ हजार पाँच सय ६० पुगेको छ ।