नेपालमा चिनियाँले घरबाट टाढिएको महसुस गर्ने छैनन् : राष्ट्रपति भण्डारी

नेपालमा चिनियाँले घरबाट टाढिएको महसुस गर्ने छैनन् : राष्ट्रपति भण्डारी

बेइजिङ : चीन भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बिहान नेपाल–चीन आर्थिक तथा व्यापार मञ्चलाई सम्बोधन गरेकी छिन् ।सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले नेपालमा लगानीको उत्साहजनक वातावरण रहेको जानकारी दिँदै चिनियाँ उद्यमीलाई यसको उपयोग गर्न आग्रह गरिन ।

भूगोल साँस्कृति र परम्पराले जोडेको चीन र नेपालको मित्रता र सहयोग लामो समयदेखि रहँदै आएको राष्ट्रिपति भण्डारीले स्मरण गरिन ।  एकचीन नीतिप्रति नेपाल प्रतिवद्ध रहेको र नेपालमा चीनविरोधी गतिवधि हुन नदिन ठोस कदम चालिएको उनले जानकारी गराइन् । नेपालमा संविधान निर्माणमार्फत राजनीतिक स्थायित्व सुरक्षित गरिएको जानकारी दिँदै उनले अहिलेको सरकार स्थीर र बलियो भएको धारणा व्यक्त गरिन।

जनताका उर्लादाँ आकांक्षालाई सम्बोधन गर्न सरकार द्रुत गतिमा लागिरहको उनले सम्बोधनमा भनेकी छिन् । बीआरआईमार्फत नेपालमा लगानीको ढोका खोलेको र स्थायीत्वतर्फ अघि बढेको नेपालमा लगानीको प्रशस्त सम्भावना भएकाले त्यसलाई उपयोग गर्न चिनियाँ उद्यमीलाई आग्रह गरिन। 

नेपालका नीति कानुनहरु लगानी मैत्री रहेको नेपालमा रहेका बहुराष्ट्रिय कम्पनीहरुले राम्रो मुनाफा कमाई रहेको जानकारी दिइन् । ‘नेपाल चिनियाँ लागनीलाई स्वागत गर्न तयार रहेको भन्दै उनले चिनियाँ लगानी सहजीकरण गर्नु नेपालको उच्च प्राथमिकता रहेको बताइन् । 

चिनियाँ पर्यटकका लागि नेपाल राम्रो गन्तव्य रहेको राष्ट्रपति भण्डारीले सुझाइन् । ‘धेरै टाढाका ठाउँमा चिनियाँ पर्यकटहरु छुट्रटी मनाउँन जान्छन्’ भण्डारीले सम्बोधनमा भनेकी छिन् । ‘नेपाललाई आफ्नो सबैभन्दा रुचाइएको गन्तव्य बनाउन किन सकिँदैन’ । 

नेपालमा रहँदा चिनियाँहरुले आफ्नो घरबाट टाढिएको महसुस नगर्ने राष्ट्रपति भण्डारीले दाबी गरेकी छिन् । नेपाललाई भ्रमण गन्तव्यकोरुपमा प्रचार गर्न चिनियाँको सहयोग आवश्यक रहेको भण्डारीले सम्बोधनमा भनेकी छिन् । 

यसपछि राष्ट्रपतिले बेइजिङको केन्द्रमा रहेको नेपाली कलाकार अरनिकोद्वारा निर्मित श्वेत चैत्य अवलोकन गर्ने कार्यक्रम छ। साँझ अन्तर्राष्ट्रिय बागवानी प्रदर्शनीमा नेपालले बनाएको लुम्बिनी शान्ति बगैंचाको अवलोकन गर्ने कार्यक्रम छ। सोमबार नेपाल र चीनबीच चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका विषयमा छलफल हुने दूतवासका अधिकारीले बताए।

राष्ट्रपति भण्डारीको सम्बोधनको पूर्णपाठ


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.