प्रेस कुन्ठित हुँदैन : प्रचण्ड

प्रेस कुन्ठित हुँदैन : प्रचण्ड

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यष्क्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनेक हन्डर–ठक्कर खाएर प्रेसलाई गुहार्दै हिँडेका नेताहरू नै अहिले सरकारमा रहेकाले प्रेस स्वतन्त्रता कुन्ठित हुन नसक्ने दाबी गरेका छन्। 

नेपाल पत्रकार महासंघको केन्द्रीय प्रतिनिधिमण्डलको १६ बुँदे ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष दाहालले अहिले बलियो सरकार बनेको र प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबैजसो जेलनेल भोगेका नेताहरू भएकाले सरकार प्रेसमैत्री नै हुने बताएका छन्।

संविधानले प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेकाले अब बन्ने कानुनमा पनि प्रेसमाथि बन्देज नहुने दाहालले बताएका थिए। नेपाल पत्रकार महासंघले उठाएका माग संवेदनशील र जायज भएको भन्दै उनले यस विषयमा प्रधानमन्त्री केपी ओलीसँग समेत भेटेर आफ्ना कुरा राख्न सुझाएका थिए। उनले पार्टी र सरकारलाई महासंघले उठाएका मागबारे आफ्ना तर्फबाट पनि ध्यानाकर्षण गराउने बताएका थिए।

पत्रकार र प्रेसकै सहयोगबाट आफू अहिले यो अवस्थामा आइपुगेको भन्दै उनले विगतमा आफूहरूले उठाउँदै आएको मागमा प्रेसले सहयोग गरेको धारणा राखेका थिए।

महासंघको टोलीले राजनीतिक दलका प्रमुख नेताका साथै पूर्वप्रधानमन्त्रीहरू, संसद्का सभामुख र अध्यक्ष, नागरिक समाज, अधिकारकर्मीलाई ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रमअन्तर्गत आइतबार नेकपा अध्यक्ष दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको थियो।

पत्र बुझ्दै कांग्रेस सभापति देउवाले पत्रकारलाई अदालतले रिहा गर्दा फेरि पक्राउ गर्नु पञ्चायतकालमा समेत नभएको कामा भन्दै अहिले पक्राउ गर्नु प्रेस र अभिव्यक्ति स्वतन्त्रताविरोधी भएको बताएका थिए।

पछिल्ला दिन पत्रकारलाई समाचार लेखेकै आधारमा विद्युतीय कारोबार ऐन तथा राज्यविरुद्धको अपराध मुद्दा लगाएर थुन्ने र जेल हाल्न थालिएपछि महासंघले दबाब अभियानअन्तर्गत राजनीतिक दलका नेताहरूलाई ध्यानाकर्षणपत्र बुझाएको हो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.