बैंग्लोरकै विकेट लिएर चम्किएका सन्दीप बैंग्लोरविरुद्ध खाली हात

बैंग्लोरकै विकेट लिएर चम्किएका सन्दीप बैंग्लोरविरुद्ध खाली हात

काठमाडौं :  इन्डियन प्रिमियर लिग आईपीएलमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेका लागि आइतबार बैंग्लोरविरुद्धको खेल सबैभन्दा खराब बन्यो। गत सिजन बैंग्लोर विरुद्धकै खेलबाट आईपीएलमा प्रवेश पाएका सन्दीपले तीन खेल खेलेका थिए । यस सिजनमा आइतबार खेल्दा उनले ६ खेल खेल्ने मौका पाएका छन् । अघिल्लो खेलमा पञ्जाबविरुद्ध ३ विकेट लिएर लय समातेका सन्दीप आइतबार  बैंग्लोरविरुद्ध टोलीका लागि सबैभन्दा महंगो बलिङ गरी कुनै विकेट लिन सकेनन्। 

आइतबारको खेलमा दिल्लीले सन्दीपकासाथै अक्सर पटेल र अमित मिश्रा गरी तीन जना स्पीनरलाई मैदानमा उतारेको थियो । अमितले ४ ओभरमा २९ रन दिएर २ विकेट लिए । अक्सरले ४ ओभरमा २६ रन मात्रै दिएर १ विकेट लिँदा सन्दीप ३ ओभरमा ३६ रन दिएर विकेटविहीन बने। उनले गतसाल खेलेका तीन र यो सिजनमा यसअघि खेलेका ५ खेल सबैमा विकेट लिएका थिए । आईपीएलका ९ खेल खेल्दा सन्दीप विकेटविहीन बनेको पहिलो खेल बन्यो। 

आईपीएलमा सन्दीपको डेब्यू बैंग्लोरविरुद्धको खेलबाटै भएको थियो । २०१८ मे १२ मा कोट्ला मैदानमा पहिलो पटक बलिङमा उत्रिएका सन्दीपले ४ ओभरमा २५ रन दिएर १ विकेट लिएका थिए । बैंग्लोरका ओपनर पार्थिव पटेललाई एलबीडब्लू आउट गरी आईपीएलमा सन्दीपले पहिलो विकेट लिएका थिए । त्यसपछि दोस्रो खेलमा दिल्लीले चेन्नईविरुद्ध खेल्दा सन्दीपले ४ ओभरमा २१ रन दिएर १ विकेट लिए । तेस्रो खेल मुम्मईविरुद्ध खेलेका थिए । यसमा भने सन्दीपले ४ ओभरमा ३६ रन दिई ३ विकेट लिए । 

गत सिजनका ३ खेल खेल्दा सन्दीपको बलिङ इकोनोमी ६.८३ मात्रै थियो । उनी वेस्ट बलिङ इकोनोमीको पाचौं नम्बरमा थिए । यस सिजनमा पनि सन्दीपले ६ खेलमा ८ विकेट लिएर राम्रो उपस्थिति देखाएका छन् । बलिङ इकोनोमीमा भने उनले सुधार गर्न सकेका छैनन् । ६ खेल खेल्दा उनको बलिङ इकोनोमी ९.१३ छ । ८२ जनाको सूचीमा उनी बेस्ट बलिङ इकोनोमीमा ५१औं नम्बरमा छन्। धेरै विकेट लिनेको सूचीमा सन्दीप २८औं नम्बरमा छन् । दिल्लीले अब समूह चरणमा २ खेल खेल्न बाँकी छ । 

मे १ मा चेन्नईविरुद्ध उसकै मैदानमा खेल्दैछ । अर्काे खेल मे ४ मा कोट्ला मैदानमा राजस्थानसँग खेल्नेछ । चेन्नईविरुद्धको खेलमा सन्दीप टोलीमा पर्ने सम्भावना निकै कम छ। स्पीनरमैत्री मानिएको कोट्लामा राजस्थानविरुद्ध भने खेल्ने सम्भावना छ । तीन स्पीनर खेलाएमा सन्दीपले खेल्ने पाउने सम्भावना धेरै देखिन्छ । प्लेअफमा स्थान बनाइसकेको दिल्लीले लिग चरणपछि पनि कम्तिमा १ देखि ३ खेलसम्म खेल्ने सम्भावना रहन्छ। यसमा भने सन्दीप टोलीमा पर्ने नपर्ने अनुमान गर्न कठीन छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.