शताब्दी पुरुषको जन्मदिनमा सार्वजनिक बिदा
ललितपुर : शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानका लागि बैशाख ३० गते सार्वजनिक बिदा हुने भएको छ। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सोमबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक बिदाको बारेमा जानकारी दिएका हुन्।
जोशी ३० गते ९९ वर्ष पुरा गर्दै १०० वर्ष पुग्दैछन्। उनी १०० वर्ष पुगेकै दिन महानगरपालिका अन्र्तगतका सम्पुर्ण कार्यालयहरुमा सार्वजनिक बिदा दिने महर्जनले जानकारी दिए।
यही अवसरमा बैशाख ३० गतेसम्म सय वर्ष पुग्न लागेका सम्पुर्ण ज्येष्ठ नागरीकहरुलाई महानगरले सम्मान गर्ने भएको छ। तर, आफ्नो नगरमा कतिजना नागरीक १०० वर्ष पुग्न लागेका छन् भन्ने कुरा महानगरलाई थाहा नभएको समेत मेयरले बताए।
‘नगरभित्रका २९ वटै वडाहरुमा ह्वीप जारी गर्दै यथाशीघ्र तथ्यांक बुझाउन भनिसकेको छु।’ मेयर महर्जनले पत्रकार सम्मेलनमा भने।
प्रतिक्रिया दिनुहोस !
१