क्याप्टेन विजय लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाइयो

क्याप्टेन विजय लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाइयो

काठमाडौं : नेपाल वायुसेवा निगमले क्याप्टेन विजय लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाएको छ। एक साता अगाडि क्याप्टेन लामाले एक अन्तरवार्ताका क्रममा तनाव र थकानमा उडान गर्नुपरेको बताएपछि उनलाई नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टिकरण सोधेको थियो। लामाको जवाफ चित्तबुझ्दो नभएपछि प्राधिकरणले वायुसेवा निगमसमक्ष लामालाई दोहोरो जिम्मेवारी नदिन निर्देशन दिएको थियो।

प्राधिकरणको निर्देशनअनुसार वायुसेवा निगमले सोमबार लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाएको  प्राधिकरणका प्रवक्ता त्रिलोचन पौडेलले अन्नपूर्णलाई जानकारी दिए। १८ गते राति निगमको दुबई उडान रद्द भएपछि लामाले 'उड्डयन क्षेत्रमा असहज हुने अभिव्यक्ति दिएको' प्राधिकरणका प्रवक्ता पौडेलले बताए। यही अभिव्यक्तिमा आएको विषयमा लामासँग निगको प्रवक्ता तथा उडानमा लिएको दोहोरो जिम्मेवारीले पार्ने प्रभावसहितको विषयमा स्पष्टिकरण सोधोको थिए। सोही स्पष्टिकरण पश्चात प्राधिकरणले गरेको पत्र अनुसार निगमले उनलाई प्रवक्ताको जिम्मेवारीबाट हटाएको पनि उल्लेख छ।

लामाले दिएको अभिव्यक्तिबाट गम्भीर सुरक्षा चासो उत्पन्न भएको भन्दै प्राधिकरणको हवाई उड्डयन सुरक्षा विभागले उनलाई जहाज उडान गराउने वा प्रवक्तामै राख्ने विषयमा प्रष्टिकरण सोधेको थियो।

प्राधिकरणले लामालाई प्रवक्ताबाट नहटेसम्मका लागि जहाज उडान रोक लगाउने पत्र निगम पठाएपछि उनलाई प्रवक्ताको जिम्मेवारीबाट मुक्त गरिएको जानकारी निगमले दिएको पौडेलले बताए।

‘क्याप्टेनको संवेनशीलतालाई आधार बनाएर उनलाई प्रवक्ताबाट मात्रै हटाएको हो अन्य कुनै जिम्मेवारी खोसिएको वा उडानै गर्न नपाउने भन्ने होइन,’ निगमका कार्यकारी अध्यक्ष मदन खरेलले भने। उनका अनुसार निगमले लामालाई प्रवक्ताबाट हटाउने निर्णय गरेर आजै प्राधिकरणमा पठाएको छ । 'अब लामालाई उडानमा मात्रै प्रयोग गर्ने निर्णय भएको छ', खरेलले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.