यूएईमा हिन्दु बाबु र मुस्लिम आमाबाट जन्मेकी छोरीको जन्मदर्ता

यूएईमा हिन्दु बाबु र मुस्लिम आमाबाट जन्मेकी छोरीको जन्मदर्ता

दुबई : संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले हिन्दु पुरुष र मुस्लिम महिलाबाट जन्मिएकी एक बालिकालाई जन्मदर्ता प्रमाणपत्र दिएको छ।

यूएईमा प्रवासीले मुस्लिम पुरुषले गैरमुस्लिम महिलासँग विवाह गर्न पाउने भए पनि मुस्लिम महिलाले गैरमुस्लिम व्यक्तिसँग विवाह गर्न नपाउने नियम छ। खलीज टाइम्सका अनुसार शारजाहमा बसोवास गर्दै आएका किरण बाबु र सनम साबू सिद्दिकीले सन् २०१६ मा भारतको केरलमा विवाह गरेका थिए।

सन् २०१८ को जुलाईमा उनीहरूकी छोरी यूएईमा जन्मिएकी थिइन्। किरण बाबुले भने, ‘मसँग अबुधाबीको भिसा छ र त्यहाँ बिमा पनि गरिएको छ। मैले पत्नीलाई यूएईको मेदीवर अस्पतालमा भर्ना गरेँ। छोरी जन्मिइन्। अस्पताल प्रशासनले म हिन्दु धर्मावलम्बी भएको भन्दै जन्मदर्ता प्रमाणपत्र दिन नमिल्ने बतायो।’

उनले छोरीको जन्मदर्ता प्रमाणपत्र पाउनुपर्ने भन्दै अदालतमा उजुरी दिए। उनले भने, ‘अदालतमा चार महिनासम्म सुनुवाइ भयो तर अन्तिममा अदालतले मेरो माग खारेज गरिदियो।’ उनी यूएईमा जन्मिएर त्यहीँ बस्दै आएकी छोरीको कुनै कानूनी प्रमाण नहुँदा चिन्तित थिएँ।’ यसबाट छोरी कहाँबाट ल्याइस् भन्दै ठूलो सजाय हुने उनलाई डर थियो।

उनले यूएई सरकारबाट माफी नपाएसम्म स्वदेश फर्कन सक्ने अवस्था पनि नभएपछि निकै अप्ठेरोमा परेका थिए। यूएईले सन् २०१९ लाई सहिष्णुता वर्ष घोषणा गरेको छ। यसै नियमअन्तर्गत उनले माफी पाउने अपेक्षा गरेका थिए।

यसैबीच यो समस्यालाई लिएर भारत सरकारले पनि चासो देखाउन थालेको किरण बाबुले बताए। यसपछि यहाँको अदालतमा उनले पुनः उजुरी दिए। १४ अप्रिलमा अदालतले ती बालिकालाई जन्मदर्ता प्रमाणपत्र दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.