राष्ट्रपति भण्डारी र सीबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र सीबीच भेटवार्ता

बेइजिङ : राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच द्वीपक्षीय भेटवार्ता भएको छ। सोमबार दिउँसो भएको भेटवार्तामा सात बुँदे सहमति समेत भएको छ।

चीनले आफ्ना सीमा जोडिएका जिल्लाका जनताको जीवनस्तर उकास्ने विषयमा समेत चासो राखेर त्यसमा सहयोग गर्ने विषय उल्लेख रहेको दूतावासले जनाएको छ। परियोजनाहरु सुधारका लागि आवश्यक पर्ने सहयोगको बारेमा समेत सहमति भएकाे दूतावास स्रोतको भनाइ छ। 

राष्ट्रपति भण्डारीले सोमबार बिहान बेइजिङको थ्येनआनमन चोकमा अवस्थित सहीद स्मारक स्तम्भमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेकी छन्। स्मारकस्थलमा उनलाई चिनियाँ परराष्ट्र मन्त्रालयका उपमन्त्री खोङ सुवानयौले स्वागत गरेका थिए।

उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल, सङ्घीय संसद्का सदस्य तथा नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.