उपत्यकामा लागुऔषधको डिलर सञ्‍चालन गर्ने पक्राउ

उपत्यकामा लागुऔषधको डिलर सञ्‍चालन गर्ने पक्राउ

ललितपुर : महानगरीय प्रहरी वृत्त सातदोबाटोले उपत्यकाका तीनै वटा जिल्लामा लागुऔषधका डिलर सञ्चालन गर्ने कृतन लामालाई पक्राउ गरेको छ। २८ वर्षीय लामा ललितपुर महानगरपालिकाको १४ वडा सामपांग चोकमा बस्दै आएका थिए।

मोटरसाइकल पछाडि बसेर जाँदै गरेको अवस्थामा प्रहरीले खानतलासी गर्दा लागुऔषध भेटेको हो। उनले लगाएको जिन्स पाइन्ट र ज्याकेटको खल्तीबाट डाइजाल्याब ४, एम्पुल फेनारगन ४, नुफिन ४ बरामाद गरेको वृत्तका प्रमुख गौतम मिश्रले जानकारी दिए। उनको साथबाट एक लाख १५ हजार ४० रुपैयाँ पैसा भेटिएको थियो।

त्यस्तै उनी चढेको मोटरसाइकल चलाएर जाँदै गर्दा कोटेश्वरका ३२ का २१ वर्षीय अभिषेक केसी पनि पक्राउ परेका छन्। प्रहरीले सोधपुछ गर्दा लामाको लागुऔषध डिलर रहेको खुलेको हो। ‘ललितपुर, काठमाडौं र भक्तपुरमा डिलर चलाएको स्वीकार गरे’, प्रमुख मिश्रले भने, ‘१४ गतेदेखि लागु हुने गरी ८ दिन म्याद थपेर अनुसन्धान भइरहेको छ।’

बालिका बलात्कृत

अर्को घटनामा सोमबार राति ललितपुरको गोदावरी नगरपालिका ३ को मार्बल फयाक्ट्री माथिको जंगलमा १४ वर्षकी बालिकालाई मादकपदार्थ खुवाई जबरजस्ती करणी गरेको खुल्न आएको छ।

पाँचथर फिदिम घर भई गोदावरी ३ बस्ने २४ वर्षका रमेश लिम्बु र उदयपुर, कटारी घर भई गोदावरी बस्दै आएका २४ वर्षीय विवेक मैनालीले पालैपालो बलात्कार गरेको बालिकाले प्रहरीलाई बताएकी छन्। उनीहरूलाई नियन्त्रणमा लिई म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.