मे ४ सम्झदै चिनियाँहरू : आन्दोलनको शतवार्षिकी मनाइयो

मे ४ सम्झदै चिनियाँहरू : आन्दोलनको शतवार्षिकी मनाइयो

बेइजिङ : समय पुग्न चार दिनअघि नै मंगलबार चीनको राजधानी बेइजिङमा भव्यताका साथ मे ४ आन्दोलन शतवार्षिकी स्मरण गरिएको छ। उक्त विशेष स्मरण समारोहमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले सम्बोधन गरेका थिए।

सम्बोधनमा उनले एक सय वर्षअघि चीनको भूमिमा देश विदेशका लागि आश्चर्यजनक मे ४ आन्दोलन सुरु भएको चर्चा गर्दै चीनको आधुनिक इतिहासमा युगान्तकारी महत्वपूर्ण घटना रहेको औँल्याए।

सन् १९१९ को मे ४ तारिख पेरिस शान्ति बैठकमा पै याङ सरकारको कूटनीतिक कमजोरी सामु केही बौद्धिक युवाले पूरै देशमा सामाजिक आन्दोलन गरेका थिए। यस आन्दोलनबाट नै चीनमा माक्र्सवादको प्रचारप्रसार सुरु भएको थियो।

राष्ट्राध्यक्ष सीको विचारमा मे ४ आन्दोलनले चीनमा एक महान् सामाजिक क्रान्ति, महान् विचारको प्रबुद्ध आन्दोलन र नयाँ संस्कृतिको आन्दोलन गराउनुका साथै जनगणतन्त्र चीनद्वारा राष्ट्रिय पुनरुत्थानलाई व्यवहारमा उतार्न सुरुवात गरेको थियो।

फोटोः न्युयोर्क टाइम्स


मे ४ आन्दोलनदेखि हालसम्म एक सय वर्षयता पुस्तौंपुस्ता चिनियाँ युवाले आ–आफ्ना शक्तिशाली भावनाले चीनको निर्माण गर्दै आएका छन्। सीले चिनियाँ कम्युनिस्ट पार्टीका विभिन्न स्तरीय समिति, चीन सरकार र पूरै समाजलाई युवाका लागि निर्देशकीय भूमिका सिर्जना गर्न आग्रह गरेका छन्।

मे ४ आन्दोलन चीनको पुरानो लोकतान्त्रिक क्रान्तिबाट नयाँ लोकतान्त्रिक क्रान्तिसम्मको मोड बनेकाले चीनका लागि राष्ट्रिय स्वतन्त्रता, विकास र प्रगतिको ऐतिहासिक प्रक्रियामा कोसेढुंगाको अर्थ रहेको छ।

मे ४ आन्दोलनकाे फाइल तस्बिर। सीएनएनबाट साभार।


शतवार्षिकी समारोहको अवसरमा चीनको ‘मे ४ युवा उत्सव’ पनि मनाइएको छ। चीनले विश्व जोड्ने चाहनासहित बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)को अन्तर्राष्ट्रिय दोस्रो सम्मेलन सकेको दुई दिनपछि यस्तो कार्यक्रम गर्दै विगत स्मरण गरेको हो। यसरी विगत स्मरण गर्दा विश्वमा चीन कहाँ थियो, के गरेको थियो र अब के गर्दै छ भन्ने भुल्न नहुने विषयमा बहस हुँदै आएका छन।

यद्यपि चीनले आफ्नो एकता, सहकार्य र लगनले विश्वमा उन्नति गर्दै अघि बढेको बताइएको छ। चीनमा गरिबी अन्त्य गर्दै विश्वमा आफ्नो बर्चस्व राख्न आर्थिक सहकार्य नै महत्वपूर्ण भन्ने धारणा व्यक्त हुँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.