७१ केजी गाँजासहित दुई युवा पक्राउ

७१ केजी गाँजासहित दुई युवा पक्राउ

हेटौंडा : मकवानपुर प्रहरीले ७१ केजी लागूऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ  । पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका ८ बस्ने २७ वर्षीय कर्णबहादुर हमाल र २६ वर्षीय गौरीशंकर यादव रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

बुधबार राति करिब एक बजे पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीबाट हेटौँडा आउँदै गरेको ना ५ ख ८१६४ नम्बरको ट्रकलाई हेटौँडा–३ लेवटमा चेकजाँच गर्ने क्रममा ट्रकमा लुकाएर ल्याउँदै गरेको गाँजा बरामद गरेको मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले बताए। 

ट्रकको अगाडिको सिटमुनि पाँचवटा पोकामा लुकाइ राखेको लागूऔषध गाँजा र यादवको साथमा रहेको नगद रु ३० हजार समेत बरामद गरेको उनले जानकारी दिए। पक्राउ परेकाहरुलाई बरामद गरिएको गाँजा र ट्रकसहित बुधबार प्रहरीले सार्वजनिक गरेको हो। 

तीन नम्बर प्रहरी कार्यालयबाट प्राप्त विशेष सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, मकवानपुरबाट खटिएको प्रहरी निरीक्षक पवनकुमार झासमेतको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरुबारे थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.