प्रदेश-१ काे प्रदेशसभा स्थगित : अन्योलमा नाम र राजधानीकाे विषय

प्रदेश-१ काे प्रदेशसभा स्थगित : अन्योलमा नाम र राजधानीकाे विषय

विराटनगर : प्रदेश–१को प्रदेशसभा बैठक स्थगित भएको छ। प्रदेशसभा सचिवालयले बिहीबार दिउँसो १ बजे बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित भएको हो। 

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीद्वारा जारी सूचनामा प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीको निर्देशनमा बैठक स्थगित गरिएको उल्लेख छ। अर्को बैठक बैशाख २२ गते दिउँसो १ बजे बोलाइएको छ। 

आज प्रदेशसभामा प्रस्ताव लगेर बैशाख २२ गतेभित्र प्रदेश–१को नाम र राजधानीको टुंगो लगाउने प्रदेश सरकारको तयारी थियो। संसदमा प्रस्ताव दर्ता भइसकेपछि छलफलको प्रकृयामा लैजाने तयारी थियो। 

प्रदेश–१को स्थायी राजधानी र नामाकरणको प्रस्ताव दर्ता गर्ने आज अन्तिम म्याद छ। तर, यो समाचार तयार पर्दासम्म संसद सचिवालयमा कुनै पनि प्रस्ताव दर्ता भएको छैन। केही सांसदहरुले नामाकरण र राजधानी तोक्ने प्रस्तावको अनूसुची फारम अनौपचारिक रुपमा लिएर भने गएको सचिवालयले जनाएको छ। 

हालसम्म नाम र राजधानीको प्रस्ताव दर्ता नभएको विषयमा कार्यव्यवस्थाको बैठक र गृहकार्य जारी रहेको बताइएको छ। संसद बैठक स्थगित भएसँगै अब २१ गतेसम्म प्रस्ताव दर्ता गराउने समय तोकिएको बताइएको छ।

संसद बैठक नै स्थगित भएपछि प्रदेशको नाम र स्थायी राजधानीको विषय अन्योलमा परेको छ। त्यसका लागि सत्तारुढ दल नेकपा, प्रमुख प्रतिपक्षी दल कांग्रेस लगायतका अन्य दलहरु आन्तरिक छलफलमै व्यस्त रहेका छन्। विहानैदेखि सबै दल आन्तरिक छलफल र सर्वदलीय बैठकमै व्यस्त भए पनि अहिलेसम्म केही निस्कर्ष निस्कन सकेको छैन। 

प्रदेश–१ संसदमा ५ दलको प्रतिनिधित्व छ। सत्तारुढ नेकपाले बिहान ११ बजेका लागि बोलाएको संसदीय दलको बैठक ५ दलहरुबीचको सर्वदलीय बैठकका कारण बस्न सकेको छैन.। कांग्रेस संसदीय दलको बैठक पनि बस्न सकिरहेको छैन। 

नाम र राजधानीका विषयमा सत्तारुढ नेकपाका सांसद नै विभाजित छन्। बहुमत सांसद विराटनगर बाहिर स्थायी राजधानी हुनुपर्ने र कोसी किराँत नाम राखिनु पर्ने अडानमा छन्। यसैबीच, प्रदेशको नाम र राजधानीको विषयलाई टुंगो लगाउन सत्तारुढ दल नेकपाको प्रदेश कमिटी र केन्द्रीयस्तरका नेताहरुको छलफल जारी छ। 

छलफलका क्रममा तत्कालिन कोसी तथा सगरमाथा अञ्चलका सांसद तथा नेतासँग प्रदेश इन्चार्ज भीम आचार्य, सह इन्चार्ज सावित्रीकुमारी काफ्ले, मुख्यमन्त्री शेरधन राई लगायत मन्त्रीहरुबीच छलफल भएको छ। केही बेरमै मेची र अन्य अञ्चलका सांसद तथा नेताहरुसँग छलफल हुने एक नेताले जानकारी दिए। 

नेकपाभित्र नै नाम र राजधानीको विषयमा मतान्तर हुँदा यसले अन्तिम टुङगो पाउन नसकेको ती नेताले बताए। बुधबार बेलुकासम्म नेकपाको बैठकमा प्रदेशको नाम कोसी किरात, सगरमाथा, लिम्बुवान त्यसैगरि, राजधानीको सन्र्दभमा विराटनगर, इटहरी, धरान, धनकुटा, गोठगाँउबीच छलफल भएको नेताहरुले बताएका छन्। 

अर्कोतर्फ प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद सूयर्माराज राईले मुख्यमन्त्री शेरधन राईद्वारा नाम र राजधानीका विषयमा सहमति जुटाउन दुई दिनको समय माग भएको जानकारी दिए। यसक्रममा प्रतिपक्षी दलसहित अन्य दलसँग छलफल हुने उनले बताए। सांसद राईका अनुसार हालसम्म प्रदेश  र राजधानीको नाम दर्ता हुन नसकेको हुनाले समय थप भएको हो।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.