नकुलको नयाँपन

नकुलको नयाँपन

बागलुङको दुर्गम गाउँका जन्मेहुर्केका नकुललाई गाडी चढ्न पनि दुई दिन हिँडेर गुल्मीको तम्घास आउनुपथ्र्यो। गाउँमा विद्युत् थिएन। टुकी बालेर नै उनले विद्यालय शिक्षा हासिल गरेका हुन्। सदरमुकाम आउन पनि दुई दिनभन्दा बढी लाथ्यो।


धेरैजसोले वैदेशिक रोजगारीबाट फर्किएपछि सहरतिर घरजग्गा किन्छन्। कतिले विलासिताका वस्तुमा पैसा सक्ने गरेको पनि देखिन्छ। तर बागलुङ बुर्तिवाङ– १ का नकुल शेरचनले १४÷१५ वर्ष विदेशमा बगाएको पसिनाको कमाइ जम्मै व्यवसायमा खन्याए। आठ वर्ष भयो उनी नेपाल फर्किएको। यो अवधिमा उनले काठमाडौंमा तीनवटा रेस्टुरेन्ट सञ्चालन गरिसकेका छन्। त्यो पनि चल्तीका।

२०३३ सालमा बुर्तिवाङमा जन्मेका शेरचनले एसएलसी गाउँकै उत्तरगंगा माध्यमिक विद्यालयमा गरे। एसएलसीपछि उनी काठमाडौं आए। आईकम सकेर १९ वर्षकै उमेरमा उनी वैदेशिक रोजगारीका लागि जापान हान्निए। त्यहाँको संघर्ष कष्टपूर्ण थियो। भाँडा माझ्नेदेखि सरसफाइका कामसेत गरे। होटेल–रेस्टुरेन्टमा कामदारले गर्नुपर्ने काम उनले गर्नुपथ्र्याे।

यहीबेला उनले कुकिङ (पकाउने)को काम पनि सिके। नौ वर्षसम्म जापानमा मजदुरी गरिसकेपछि शेरचनले केही पैसा जम्मा गरे। अनि आफंै जापानमा रेस्टुरेन्ट खोले। विवाह पनि उतै गरे। उनका एक छोरा र छोरी जापानमा नै जन्मिए। जापानमा रेस्टुरेन्ट पनि राम्रो चल्यो। उनले ६ वर्ष जति रेस्टुरेन्ट चलाए। राम्रै कमाइ पनि भयो।

यति गरिसकेपछि उनलाई जन्मभूमिमै केही गर्नुपर्छ भन्ने सम्झना आयो। त्यति बेला माओवादीको १० वर्षको सशस्त्र संघर्ष सकिएको थियो। शान्तिपूर्ण वातावरण बन्दै थियो। देशमा नै फर्केर केही गर्नुपर्छ भन्ने सोचका साथ २०६६ सालमा नकुल नेपाल फर्के।

करिब १४÷१५ वर्ष जापान बसेर फर्किएका उनलाई नेपालको बदलिँदो वातावरण बुझ्न समय लाग्यो। झन्डै डेढ दशकअघि काठमाडौं र डेढ दशकपछि काठमाडौं धेरै फरक भइसकेको थियो, १० वर्षको सशस्त्र द्वन्द्वले विराम पाएको थियो। २०५०÷५२ सालमा बस्दाको काठमाडौं र २०६६ मा फर्कंदाकोे काठमाडौंमा आकाश–पतालको परिवर्तन भइसकेको थियो। बागलुङको अति विकट गाउँमा जन्मेहुर्केका नकुल मात्रै छोटो समय मात्रै काठमाडौंमा बिताएका थिए। ‘गाउँबाट आएको साधारण केटो, काँचो उमेरमा कलेज पढ्दा काठमाडौं बसेको, के नै थाहा हुन्थ्यो,’ उनले भने, ‘धेरै परिवर्तन भएको रहेछ, महोल बुझन् पनि समय लाग्यो।’

उता जापानको टोकियोको अनुभव फरक थियो। जापानमा आफ्नो कामबाहेक अरूतिर ध्यान दिने समय नै हुँदैनथ्यो। जापानको आफ्नो अनुभवलाई नेपालमा प्रयोग गर्ने उनको अभिलाषा थियो। त्यही अनुरूप नकुलले नेपालमा फरक किसिमका रेस्टुरेन्टको व्यवसाय सञ्चालन गर्ने सोच बनाए।

उनका बुवाले बुर्तिवाङमा व्यवसाय गरेका थिए। कपडादेखि किरानाका सामानसम्म बिक्रीवितरण गाउँको पसलमा पाइन्थ्यो। पुख्र्यौली व्यवसायबाट प्रभावित नकुललाई नेपाल फर्किएको दुई वर्षसम्म रेस्टुरेन्ट व्यवसायको ‘मार्केट’ बुझ्न लाग्यो। ‘सानैदेखि म व्यापारिक माहोलमा हुकिएको हुँ,’ उनले भने। र अन्ततः हस्पिटालिटी बिजनेसमै भविष्य रहेको निष्कर्षमा पुगे।

बागलुङको दुर्गम गाउँका जन्मेहुर्केका नकुललाई गाडी चढ्न पनि दुई दिन हिँडेर गुल्मीको तम्घास आउनुपथ्र्यो। गाउँमा विद्युत् थिएन। टुकी बालेर नै उनले विद्यालय शिक्षा हासिल गरेका हुन्। सदरमुकाम आउन पनि दुई दिनभन्दा बढी लाथ्यो। उनै नकुलले अहिले सफल व्यवसायीको परिचय बनाएका छन्।

जापानबाट फर्केपछिको दुई वर्षपछि उनले काठमाडौंको गैरीधारामा पहिलो रेस्टुरेन्ट खोले। एक करोडको लगातमा उनले छोरी एलिसको नामबाट रेस्टुरेन्ट खोलेको पनि सात वर्ष भएको छ। एलिस पारिवारिक रेस्टुरेन्ट हो। त्यहाँ बच्चाका खेल्ने ठाउँको समेत व्यवस्था छ। थकालीदेखि जापानी परिकारलगायत संसारभर पाइने खानाको अधिकांश परिकार एलिस पाइने सञ्चालक नकुलले बताए। उनले सानो लगानीबाट रेस्टुरेन्ट व्यवसाय थालेका हुन्।

गैरीधाराको रेस्टुरेन्ट खोलेको चार वर्षपछि उनले दरबारमार्गमा अर्को रेस्टुरेन्ट सञ्चालन गरे। भनेजस्तो कमाइ हुन थालेपछि उनले अहिले बालुवाटारमा एलिस रिसेप्सन सञ्चालन गरेका छन्। १६ रोपनी जग्गा साढे १६ वर्षको लिजमा लिएर भव्य एलिस रिसेप्सन सञ्चालनमा छ। २० करोड रुपैयाँ हाराहारीको लागतमा रिसेप्सनको निर्माण भइरहेको छ। पाँचतारे सुविधा र डेकोरेसनमा निर्माण भइरहेको यहाँ रेस्टुरेन्टमा जान नचाहने र पाँचतारेमा जान नसक्ने मध्यमवर्गीयलाई सेवा दिने उनको उद्देश्य छ। एलिस रिसेप्सनमा तीन सय गाडीको पार्किङ सुविधा छ। एक हजार जना अटाउने हल र क्याटरिङको सुविधा पनि छ।

‘काठमाडौंमा एकदुई वटा थप्दै छौं,’ उनले भने, ‘एकदुई वर्षपछि काठमाडौं बाहिर पनि एलिस विस्तार गर्छौं।’ आफूले कमाएको केही रकम र त्यही अनुपातमा बैंकिङ ऋण लिएर ब्रान्च विस्तार गर्न लागिएको उनले बताए। मुलुक समृद्ध भएमा व्यक्तिको आर्थिक हैसियत बढ्ने र नयाँनयाँ स्वाद खोजी हिँड्नेहरूको संख्या बढ्ने उनले बताए। ‘देश समृद्ध भयो भने आर्थिक हैसियत बढ्छ, बढ्ने क्रममा पनि छ,’ उनले भने।

नेपालमा रेस्टुरेन्ट व्यवसायको भविष्य उज्ज्वल रहेको उनले बताए। रेस्टुरेन्ट आकर्षण बढिरहे पनि दक्ष जनशक्ति अडाउन नेपालमा समस्या रहेको उनको अनुभव छ। ‘दक्ष बनायो, विदेश गइहाल्छन्’, उनले भने, ‘जनशक्ति अड्याउन यहाँ सबैभन्दा गाह्रो छ।’ स्किल म्यानपावरलाई उचित अवसर सिर्जना गर्नुपर्नेमा उनले जोड दिए। दक्ष जनशक्तिलाई नेपालमै रहने वातावरण बनाउनुपर्ने उनको भनाइ छ। दक्ष जनशक्तिलाई विदेश भ्रमण अवसर प्रदान गर्ने र उनीहरूलाई स्वदेशमै परिचालन गरे देश समृद्धितर्फ अघि बढ्ने उनले बताए।

‘रिफ्रेस गराउन पनि नेपाली कामदारलाई विदेश लैजानुपर्छ। त्यहाँको सीप सिकाउनुपर्छ। विकास देखाउनु पर्छ’, उनले भने। उनले वरिष्ठताका आधारमा कर्मचारीलाई विदेश घुमाउन लैजाने योजनासमेत बनाएको उनको भनाइ छ। एलिसमा एक सय १५ जनालाई पूर्णकालीन कर्मचारी छन् भने ४०÷५० जनाले आंशिक रोजगारी दिएका छन्।

नेपालमा राजनीतिक हस्तक्षेपका कारण लगानीको वातावरण नरहेको उनले बताए। ‘यहाँ पोलिटिकल डिजास्टर छ, कुन बेला हावाहुन्डरी आएर लान्छ, थाहै हँुदैन,’ नकुलले भने, ‘सेभ साइट बसेर लगानी गर्नुपर्छ।’ सरकारको नीतिनियममा हुने अस्थिरताले पनि लगानी गर्न गाह्रो हुने गरेको उनको भनाइ छ। ‘सरकार नीतिनियममा स्थिर छैन, वर्षंैपिच्छे परिवर्तन भइरहन्छन् नीति’, उनले भने, ‘त्यसैले यहाँको लगानीमा पनि उच्च जोखिम छ।’ यसतर्फ सरकारले सोचेर काम गरिदिए निजी क्षेत्रलाई सजिलो हुने उनले बताए। लगानीको वातावरण एवं अवसर दिने हो भने विदेशमा गएका धेरै युवा स्वदेश फर्किने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.