६५ वर्षीय वृद्धले मुगु कर्णालीमा हाम फाले

६५ वर्षीय वृद्धले मुगु कर्णालीमा हाम फाले

मुगु : मुगुम कार्मारोङ्ग गाउँपालिका-८ का ६५ वर्षीय एक वृद्धले बिहीबार बिहान मुगु कर्णालीमा हाम फालेर बेपत्ता भएका छन्।मुगुम कार्मारोङ्ग गाउँपालिका-८ मांग्री गाउँका ६५ वर्षीय छेवाङ्ग गिर्मेत लामाले सोही गाउँपालिका-८ ताक्ले भन्ने स्थानको  मुगु कर्णालीमा हाम फालेर बेपत्ता भएका हुन्।

बिहानको खान खाएर ताक्लेमा गाई गोरु चराउन हिँडेका लामा मुगु कर्णालीमा हाम फालेको सोही गाउँपालिका-७ मह गाउँका एकजनाले आफूले कर्णालीमा हाम फालेको बताएका छन्।

हाम फाल्ने स्थानमा दुई पटक सूर्यलाई नमस्कार गरी कर्णालीमा हाम फालेका थिए। हाम फालेको स्थानभन्दा अलि तलसम्म दुबै हात देखिएको थियो। त्यसपछि भने उनी बेपत्ता भएको प्रत्यक्षदर्शी गाउँलेले घरपरिवारले जानकारी गराएको शिक्षक छिर्मे लामाले बताए।

छोरी ज्वाईसँग बस्दै आएका लामा कुनै रोगी थिएनन्।घरको सामन्य कामदेखि गाई/गोरु चराउने जाने गर्थे। बिहीबार बिहान पनि खान खाएर ताक्ले भन्ने स्थानमा गाईगोरु चराउन हिँडेका थिए।नदीमा बेपत्ता भएको खबर पाएपछि उनको खोजि जारी राखेको छ।घटनाको जानकारी पाए लगत्तै प्रहरीको टोली त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब निरीक्षक लालबाबु ऐरले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.