अस्पताल निर्माणबारे परासीमा स्थानीय–नगरपालिकाबीच विवाद

अस्पताल निर्माणबारे परासीमा स्थानीय–नगरपालिकाबीच विवाद

परासी : अस्पताल निर्माणबारे पश्चिम नवलपरासीको सुनवल नगरपालिका र  स्थानीयबीच विवाद उत्पन्न भएको छ। वडा–७ र ८ का स्थानीयले वडा–८ मा अस्पताल निर्माण हुनु पर्ने अडान लिएका छन।

नगरपालिका तथा कार्यपालिकाले निर्णय गरेर तय गरेको स्थानमा अस्पताल निर्माण हुने जनाएको छ। जसका कारण स्थानीय र नगरपालिकाबीच विवाद उत्पन्न भएको हो। वडा–८ मा रहेको स्वास्थ्य चौकीलाई स्तरनोन्नती नगरी वडा–५ मा निर्माण गर्न लागेको भन्दै आन्दोलित दुई वटा वडाका स्थानीले बिहीबार नगरपालिकासमेत घेराउ गरेका छन्।  

नगरपालिकाकाले भने सबै नगरवासाीहरुलाई पायक पर्ने स्थानमा अस्पताल निर्माण गर्न लागेको दाबी गरेको छ। नेपाल सरकारले देशका सबै स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माण गर्ने निर्णय गरेअनुसार नगरपालिकाले सबैलाई पायक पर्ने स्थान वडा–३ र ५ को बीचमा अस्पताल निर्माण गर्ने प्रकृयाअघि बढाएको नगरप्रमुख भीमबहादुर थापाले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.