ताप्लेजुङमा रसायनिक मलको चरम अभाव

ताप्लेजुङमा रसायनिक मलको चरम अभाव

ताप्लेजुङ : मकै दोहोर्‍याउने बेला रासायनिक मल नपाएपछि कृषक समस्यामा परेका छन्।मौसमले साथ दिएपनि मल नहुँदा उत्पादन घट्नेमा किसानको चिन्ता छ। 'मल नलगाई मकैमा घोगा र दाना लाग्दैन,' आइतबार मल खरिदका लागि बजार आएका फुङलिङ नगरपालिका- ४ का कृषक देउकुमार लिम्बूले भने,' 'बजारका सबै पसल चहारे, कतै पाइएन।'

मल खोज्दै कृषि सामग्री कम्पनीको कार्यालय र साल्ट ट्रेडिङमा पुगेका व्यावसायी रित्तो हात फर्किइरहेका छन्। पूर्वी पहाडको ताप्लेजुङ, पाँचथर, इलाम र तेह्रथुममा मल बिक्री गर्ने कृषि सामग्री कम्पनी झापाकै गोदाममा युरिया मल नरहेको सूचना अधिकारी नारायण टुडुले बताए। 

फुङलिङ बजारका व्यावसायी तुलसी गौतमको पसलमा युरिया मलका लागि प्रत्येक दिन ९० देखि सयजनासम्म कृषक पुग्ने गरेका छन्।'अहिले मकैमा लगाउने सिजन भएकाले युरिया मल सोध्न धेरै कृषक आउनुहुन्छ,' व्यवसायी गौतमले भने, 'छैन पछि सम्पर्क गर्नुस् भन्दै फर्काउन बाध्य छु।'

कृषकले दोहोरो मकै गोड्नुअघि फेदमा मल लगाउने गरेका छन्। पहिले सहकारी संस्थाले वैशाख नलाग्दै गाउँमै ल्याएर मल बिक्री गरेको भएपनि यस वर्ष नल्याएको पाँचथर याङ्वरकका कृषक हर्क लिम्बू बताउँछन्।


 
कृषि सामग्री कम्पनीले सहकारी संस्थामार्फत् अनुदानको मल कृषकलाई प्रदान गर्दै आएको थियो। दुई पटक झापास्थित कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङको कार्यालय पुगेर फर्किएको फुङलङस्थित सूर्योदय कृषि सहकारी संस्थाका सचिव झकमणी दाहालले बताए। 'गाउँका लागि आवश्यक मलको विवरण संकलन गरेर झापासम्म पुग्यौं,' दाहालले भने, 'माथिबाटै आएको छैन भनेर पठाए।'
 
माथिबाटै मल नआएको कृषि सामग्री कम्पनी झापाका सूचना अधिकारी टुडु बताउँछन्। उनका अनुसार इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमको आठराई भेगमा गत वर्ष १ हजार २ सय ५८ मेट्रिक टन यूरिया मल खपत भएको थियो।

त्यसमध्ये इलाममा ७ सय ९७, ताप्लेजुङमा ३ सय २३, पाँचथरमा ९० र तेह्रथुममा ५३ मेट्रिक टन छ। पहिल्यदेखि रसायनिक मल लगाउने बानी परेकाले मल बिना बालीले उत्पदननै नदिने अवस्था रहेको मिक्वाखोलाका कृषक हरी लिम्बूले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.