अशक्त, असहाय र अनाथकी सहारा, आमा सरिता

अशक्त, असहाय र अनाथकी सहारा, आमा सरिता

२९ वर्षीया सरिताले १० बालबालिका र ३५ वृद्धवृद्धा र असहायलाई सेवामात्र गरेकी छैनन्, उनीहरूलाई नयाँ जीवनसँगै नीलसागर थरको नयाँ परिचय पनि दिएकी छन्।


चार वर्षका नमन ‘मम्मी मेहेन्दी लगाउने पैसा दिनुस्’ भन्दै जिद्दी गरिरहेका थिए। सरिता खनालले ब्यागबाट पैसा झिकेर लिन भनिन्। एकछिनपछि सेतो फ्रकमा पाँच वर्षकी समृद्धि आइन्। मम्मी भन्दै सरितालाई ढोग गरिन्। कोठामा भएका सबैबाट आशिष थापिन्। यी संवाद र दृश्य नेपालगन्जको नीलसागर असहाय, अशक्त तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा वैशाखको एक बिहान देखिएका हुन्।

आश्रममा १० जना बालबालिका छन्। अविवाहिता सरितालाई बालबालिका निःसंकोच आमा भन्छन्। सरिताले उनीहरू सबैको थर नीलसागर बनाएर स्कुल भर्ना गरेकी छन्। सरिता र बालबालिकाको कुरा र व्यवहार सुन्दा आमा र सन्तानबीचको कुनै भेद हुँदैन। आ श्रममा ३५ जना वृद्धवृद्धा छन्। उनीहरूलाई सरिता शिवपार्वती आमाबुवा भनेर सम्बोधन गर्छिन्। वृद्धवृद्धाको नामपछिको थर पनि नीलसागर नै छ। उनले आफ्नो थर पनि नीलसागर लेख्ने गरेकी छन्।

न्यायको बाटो

बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका २ जमुनीकी सरिताले गएको फागुन २३ देखि २८ वर्ष पूरा गरिन्। यो उमेरमा उनी भने आफ्नो व्यक्तिगत करिअरभन्दा अरूको हितमा लागेकी छन्।

स्नातक सरितालाई खासमा वकिल र गायिका बन्ने धोखो थियो। काठमाडौंको गुरुकुलमा ६ महिना संगीत तालिम पनि लिएकी हुन्। आधा दर्जन गीत रेकर्ड गराएर गायिका बन्ने सपना पूरा गरिन्। गाउँघरमा महिला हिंसा भएको देख्दा कुनै दिन वकिल बन्छु र महिलालाई न्याय दिलाउँछु भन्ठान्थिन्। वकिलै त बनेर त्यो बाटो हिँडिनन् तर उनी हिँडेको बाटो भने न्यायकै हो।

उनले २०७२ सालमा काठमाडौंमा ६० दिनको केयर गिभर तालिम लिएकी थिइन्। जापान र थाइल्यान्ड गएर ६० देखि ६५ वर्षका नागरिकलाई सेवाको अभ्यास गरेकी थिइन्। पशुपति वृद्धा श्रममा २५ दिन र १० दिन नेपालगन्जको भेरी वृद्धा श्रममा स्वयम्सेवी बनेर काम गरेको अनुभव थियो।

‘आपूm सञ्चालक बनेर आ श्रम खोल्छु भन्ने थिएन’, उनी रहस्य खोल्छिन्, ‘भाइ जापान जाने भयो। म पनि केयर टेकरको रूपमा जापान जान चाहेकी थिएँ।’

वियोगले दिएको प्रेरणा

जापान जान २० दिनमात्र बाँकी रहेको बेला २९ मंसिर ०७२ मा नेपालगन्जमा दुर्घटनामा उनका २० वर्षे भाइ विदुरको निधन भयो। परिवार डिप्रेसनमा गयो। एकमात्र सन्तान भएकाले बाआमालाई सरिताले छोड्न नमिल्ने भयो। भाइ गुमाएको पीडा त थियो नै।

‘एकमात्र छोरा थियो, छोडेर गयो। वंश सिद्धियो। परिवार लथालिंंग हुन्छ। सडकमा आउँछन्’, सान्त्वनाको साटो गाउँलेले वचन लगाए। उनलाई समाजलाई छोरीको केही मूल्य रहेनछ भन्ने लाग्न थाल्यो। त्यही पीडा र ती शब्दले ‘नेपालमै केही गर्नुपर्छ भनेर मोटिभेसन ग¥यो’, उनले पीडादायी अतीत सम्झिन्। उनी २५ दिन घरबाट निस्किइनन्। त्यही बेला आ श्रम बनाउने योजना जु¥यो। ‘भाइको सपना अनाथ बच्चाको आ श्रम बनाउने थियो। आपूmले सिकेकै काम रोज्छु। आ श्रम बनाउने निधोमा पुगेँ’, उनले भनिन्।

बीपी चोकको होटल हंगेरीबाट तीन लाख पैयाँ सापटी लिएर ५० हजार रुपैयाँको घर भाडामा ८ जना वुद्धवृद्धालाई बागेश्वरी मन्दिरबाट ल्याएर सेवा गर्न थालिन्। काम थालेको तीन महिनापछि मात्र सरिताले आपूm अध्यक्ष बनेर नीलसागर असहाय, अशक्त तथा ज्येष्ठ नागरिक सेवा केन्द्र दर्ता गरिन्।

‘कसैसँग चिनजान थिएन। संस्थामा ११ जनाको टिम थियो। जतिबेला साथ चाहिन्थ्यो। साथीहरूले छोड्नुभयो’, सुरुआती दिनबारे भनिन्, ‘तीन लाख फिर्ता गर्नुपर्ने बेला आयो। समयमा फिर्ता गर्न सक्ने अवस्था नै थिएन। उसले धम्क्याउन लाग्यो। घरमा आगो लगाइदिन्छु। सामान निकालेर फालिदिन्छु भन्थे। सामान लिकालेर फाल्न लागेकै बेला अमन दाइ (नारायणबहादुर सुवेदी) आएर तीन लाख दिएर सहयोग गर्नुभयो।’

दिनभरि पैसा माग्ने र साँझ रक्सी खाएर बागेश्वरी मन्दिरमा रातभर सुत्ने दाङ घर बताउने ६५ वर्षका भीमप्रसाद गौतम वृद्धा श्रममा थिए। ‘मुटु, कलेजो, फोक्सो सबै खराब भएको थियो। डाक्टरले चार दिनभन्दा बढी बाँच्दैन भन्नु भएको थियो। दिसापिसाब बेडमा गर्नुहुन्थ्यो। मैले ५४ दिन सेवा गरेँ। उहाँको मृत्यु भयो’, त्यो पल अत्यन्तै पीडादायी भयो’, उनले भनिन्। सद्गत गर्ने एक पैयाँ पनि थिएन। सहयोग जुटाएर मानखोलामा लगेर अन्त्येष्टि गरिन् र १३ दिन किरिया बसेर सन्तानको कर्म पूूरा गरिन्।

दानी मनहरू
 

आश्रमको जर्जर आर्थिक अवस्था देख्दा घरबेटी तुलसीराम विकले पाँच महिनाको भाडा दुई लाख ५० हजार पैयाँ मिनाहा गरिदिए। औंठी र सिक्री धरौटीमा राखेकी थिइन्। फिर्ता गर्न नसकेर जफत पनि भयो। त्यसपछि आ श्रम फुल्टेक्रामा स¥यो।

 श्रममा १७ जना पुगे। २०७५ जेठमा शान्तिनगरमा आ श्रम सरेको छ। अहिले ४५ जना बालबालिका र वृद्धवृद्धाहरू छन्। ८० जनासम्म पुगेका थिए आ श्रममा। अहिलेसम्म एक सय १० जनालाई परिवारसँग पुनर्मिलन भइसकेको छ। ११ वर्षदेखि हराइरहेका स्याङ्जाका ४५ वर्षका हुमानाथ नीलसागरलाई परिवारसँग भेट गराइदिएकी छन्। फेसबुकमा फोटो राखेपछि परिवार सम्पर्कमा आएका थिए। भारतको पञ्जाबबाट हराएका अर्का १० वर्षपछि परिवारको सम्पर्र्कमा पुगे र उपचारपछि घर फर्के। बर्दियाका दुई जना पाँच वर्षदेखि हराएकालाई परिवारले भेटे। तीन वर्षको अवधिमा आ श्रमबाट उनले तीन सय जनाको सेवा गरिसकेकी छन्।

अहिले त निस्वार्थ भावनाले आ श्रममा सहयोग गर्ने जमात बढ्दै छ। सरिताका बाआमा यमकान्त र बन्दना खनालले तीन कठ्ठा भूमिदान गरेका छन्। सरिताको आफ्नै साढे ८ लाख र उपाध्यक्ष नारायणबहादुर सुवेदी (अमन) को १० लाख लगानी भइसकेको छ। फिजिसियन डा. प्रकाश नाग र डा.तनवीर अहमद खानले आ श्रममा आएर निःशुल्क स्वास्थ्य जाँच गरिरहेका छन्।

उनी आपूmले केही गर्न सके नसकेको बताउँछिन्। ‘हामीले त खाना र छानामात्र दिएका हौैं। त्यो पनि अरूले दिएको सहयोगबाट। दिनेले आ श्रमको आवश्यकता अनुसार सहयोग दिनुहुन्न। मनले जे सक्नुहुन्छ। सहयोग गर्नुहुन्छ।’ नेपालगन्जमा मात्र होइन, नीलसागरको बाँकेकै कोहलपुर र बर्दियाको गुलरियामा शाखा खुलेको छ।

सुर्खेतको लाटीकोइली, दाङ, दैलेख र भारतको नयाँ दिल्लीमा शाखा खुलेको छ। आ श्रमको आम्दानीको चार भागमध्ये २५ प्रतिशत बर्थ डे र स्मृति दिवसको खर्च खटाएर स्थानीयले गर्ने सहयोग छ। २५ प्रतिशत रकम नियमित सहयोग गर्ने दाता छन्। जसले मासिक दुई हजारदेखि १० हजार दिन्छन्। ५० प्रतिशत ऋण खोज्दै गर्जो टार्ने भइरहेको सरिता बताउँछिन्। नेपालगन्जमा मात्र मासिक खर्चमात्रै ३ लाख रुपैयाँ छ। खाना खुवाउन आउनेले एक छाक कम्तीमा पाँच सात हजारदेखि बढीमा २० हजार रुपैयाँ दिने गरेका छन्। महिनामा कम्तीमा सात दिन आ श्रममा पुगेर खाना खुवाउने आउँछन्।

आश्रममा जहिल्यै अभाव हुन्छ। ६ वैशाखमा आश्रम पुग्दा विद्युत् प्राधिकरणका दुईजना कर्मचारी विद्युत्को लाइन काट्न आएका थिए। ६० हजार विद्युत्को तिर्न बाँकी थियो। सरिताले कार्यालय प्रमुखलाई आजै रकम तिर्छु भनेर हारगुहार गरिन्। अभावबारे उनी बोलिन्, ‘कहिले ग्यास सकिन्छ। अनुरोध गरेर माग्नुपर्छ। भोकैै त राख्नु भएन।’ सरिताको बिहे गर्ने इच्छा मरेको छ, ‘बिहे गरेर पनि सन्तान जन्माउने हो। १० जना छोराछोरी छन्। बुवाआमा हुनुहुन्छ। आखिर हुने त एक्लै हो।’

नेपालगन्ज ६ हडियाबाबा आगाडि फुल्टेक्रामा छत्रकुमारी राणाले दानमा दिएको दुई कठ्ठा जग्गामा दुई सय जना अटाउने कैलाश आ श्रम बनाउने उनले योजना सुनाइन्। सोचे जस्तो बनाउन चार कठ्ठा जग्गा चाहिने रहेछ। ३० कोठे भवनका लागि ५ करोड पैयाँको लागत इस्टिमेट भएको छ। स्थानीय, प्रदेश र संघीय सरकारबाट भवनमा सहयोग पाउने आशा छ। उनी अपिल गर्छिन्, ‘अशक्त, असहाय र अनाथको सेवा गर्ने योभन्दा ठूलो अवसर अरू हुँदैन। मनकारी सबै दातासँग सहयोगको आग्रह गर्छु।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.