सहकारीलाई कृषि उत्पादन, प्रशोधन र बजारीकरणमा लगाइने

सहकारीलाई कृषि उत्पादन, प्रशोधन र बजारीकरणमा लगाइने

काठमाडौं : सहकारीलाई अर्थतन्त्रको महत्वपूर्ण खम्बाको रुपमा अगाडि बढाइने भएको छ। आर्थिक वर्ष २०७६÷७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपती विद्यादेवी भण्डारीले सहकारीलाई कृषि उत्पादन, प्रशोधन र बजारीकरणमा लगाइने बताइन्। 

सहकारी विभागका अनुसार गत फागुनसम्म देशभर ३४ हजार सात सय ३७ सहकारी छन्। त्यसमध्ये आधाभन्दा बढी बचत तथा ऋण सहकारी छन्। सहकारीलाई उत्पादनमा केन्द्रीत गरेर व्यापारघाटा कम गर्ने सरकारको योजना छ। व्यवसायिक, सहकारी र सामुहिक खेतीमा जोड दिइने भण्डारीको भनाइ छ।

सहकारीले कुल ग्राहस्थ उत्पादनमा ४ दशमलव ५ प्रतिशत योगदान दिएको छ। वित्तीय क्षेत्रमा २० प्रतिशत भन्दा बढी योगदान छ। भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीलाई उत्पादनमा केन्द्रीत गरी कृषिमा आत्मानिर्भर हुन योजना अघि बढाउन लागेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.