कमलको कलमघर
बानेश्वर थापागाउँस्थित लेखन कुञ्जका संस्थापक कमल घोस्ट राइटिङ नेपालका अध्यक्ष पनि हुन्। २०६६ सालमा घोस्ट राइटिङ नेपाल दर्ता गरेर उनले यसमा काम गरिरहेका छन्। यसैमार्फत ४५ वटा पुस्तक प्रकाशित छन्।
‘साथी फेर्नु, सपना नफेर्नु।’
कमल ढकालले सानो बेलामै किताबमा कहीँ कतै पढेका थिए, यो लाइन। यो वाक्यले निकै छोयो ढकाललाई। त्यसैले उनले जीवनमा अनगिन्ती साथीसंगती बनाए, म्यानपावर व्यवसायी, ट्राभल एजेन्सी, पत्रकार, लेखक अनेक पेसा अपनाए। तर अक्षरसँग संगत गर्दाको जस्तो खुसी केही कुराले दिएन।
नेपालका लेखकहरू पैसा कमाउन सक्ने हुनुपर्छ, गैरलेखक व्यक्तिका पनि किताब लेखिनुपर्छ भन्ने उनलाई लाग्यो। त्यसैले उनी अहिले लेखनग्राम बनाउने महत्त्वाकांक्षी योजनामा लागिपरेका छन्। सानैदेखि अक्षरसँग विशेष लगाव थियो उनको। २०५५ सालमा बुवा बितेपछि आफ्नो काँधमा आएको पारिवारिक जिम्मेवारी निर्वाह गराउन पत्रिकाको जागिरले निकै सहयोग गरेको थियो।
काठमाडांै मूलपानीका रैथाने हुन्, ढकाल। बानेश्वर थापागाउँस्थित लेखन कुञ्जका संस्थापक उनी घोस्ट राइटिङ नेपालका अध्यक्ष पनि हुन्। २०६६ सालमा घोस्ट राइटिङ नेपाल दर्ता गरेर उनले यसमा काम गरिरहेका छन्। यसैमार्फत ४५ वटा पुस्तक प्रकाशित छन्। घोस्ट राइटर भएर नेपालका चर्चित पत्रकारदेखि लेखकले काम गरिरहेका छन्। लेखन कुञ्जमा सिर्जनशील राइटिङका विषयमा विभिन्न कक्षा पनि सञ्चालन गरिरहेका छन्। अहिले १२औं ब्याचका विद्यार्थी अध्ययनरत छन्। लेखन कुञ्जमा क्याफे चलाएका छन् उनले। कुञ्ज थिएटर सञ्चालित छ, जहाँ विभिन्न कार्यक्रम सञ्चालन हुन्छन्। नाटक पनि मञ्चन हुने गर्छ।
बुवा उपसचिव, आमा घरमा काम गर्नुहुन्थ्यो। भर्खर १९ वर्ष पुगेका थिए उनी। साथीहरूसँग रंगरमाइलो, कलेज जानेआउने जिन्दगी ठीकठाक चलिरहेकै थियो। उनलाई भविष्यबारे चिन्ता थिएन। तर उनको खुसी केही समयमै खोसियो। एक दिन सञ्चै सुतेको बुवाको मृत्यु भयो। २०५५ सालमा ढकालले बुवालाई गुमाउनुपत्र्र्यो। यसले उनलाई निराश बनायो। के गर्ने, के नगर्ने सोच्नै सकेनन्। दुई महिनासम्म त घरबाट बाहिर निस्कनै सकेनन्।
बिस्तारै घरको जिम्मेवारीले उनलाई बाँध्दै लग्यो। केही गर्नैपर्ने बाध्यता आइपत्र्र्यो। उनी आरआर कलेजमा पत्रकारिता पढ्न थाले। यही बीचमा च्यानल नेपाल टेलिभिजनमा काम गर्न थाले। समाचारपत्रमा करिब ६ वर्ष काम गरे। पैसा कमाउनुपर्छ भन्ने भोकले अत्याएको थियो उनलाई त्यति बेला। विभिन्न फिल्डका साथीहरूसँग चिनजान भयो। केही आइडिया सिके र म्यानपावर व्यवसाय खोले। यसबीचमा पनि उनले ‘गो अहेड’ भन्ने स्तम्भमा समाचारपत्रमा लेख्थे। यसले सकारात्मक सन्देश प्रवाह गथ्र्यो।
यसैबीचमा एक दिन कर्ण शाक्यले उनलाई भेट्न बोलाए। घोस्ट राइटिङबारे कुरा गरे। किताब लेख्न हौसला दिए। उनलाई शाक्यको योजना मन पत्र्र्यो। घोस्ट राइटिङको क्षेत्रमा काम गर्न मन लाग्यो। २०६६ सालमा घोस्ट राइटिङ नेपाल दर्ता गरे। बानेश्वर पीपलबोटमा अफिस चलाएका थिए। यही संस्था र योमरी बुक मिलेर २०७१ सालमा पहिलो पटक पुस्तक प्रदर्शनी र किताब मेला आयोजना गरे।
घोस्ट राइटिङको काम गर्छु भन्दा उनलाई सबैले गाली गरे। कवि लेखकहरूले राम्रो मानेनन्। गैरलेखकहरूलाई लेखक बनाउने गलत काम हो भन्दै सबैले थर्काए। जसले जे भने पनि उनलाई यही क्षेत्रमा काम गर्नु थियो। के हो त घोस्ट राइटिङ ? ‘यो शब्द व्यास लेखनबाट आएको हो। पुस्तक लेख्न चाहने तर लेख्ने तरिका थाहा नभएकाहरूको कथा लेखिदिने परम्परा हो। चलनचल्तीका लेखकले निश्चित पारि श्रमिक लिएर पुस्तक लेखिदिन्छन्। दुई सय ५० वर्षअघिदेखि नै संसारभर घोस्ट राइटिङ चल्दै आएको छ’, उनले भने।
जसको पनि किताब किन लेखिनुपत्र्र्यो भन्ने प्रश्नमा ढकाल भन्छन्, ‘चर्चित मान्छेको मात्रै किताब लेखिनुपर्छ भन्ने के छ र ? सामान्य मान्छेले गरेको दुःख, संघर्ष र बाचेको जीवन पनि सबैले थाहा पाउनुपर्छ भन्ने लाग्छ मलाई।’ उनी अगाडि थप्छन्, ‘सबैको जीवन नेै इतिहास हो। पुर्खाको इतिहासले पुस्ता बदल्छ भन्छन्। मैलै आउने पुस्ताका लागि केही गर्न चाहन्छु। मलाई १० हजार पुस्तक प्रकाशन गर्ने मन छ। पुस्तकहरू मानवशास्त्रका दरिलो प्रमाण हुन्।’ केही समय किताब लेख्ने मात्रै काम गर्ने घास्ष्ट राइटिङ नेपालले अहिले भने पुस्तक प्रकाशन नै गर्ने गर्छ।
घोस्ट राइटिङका लागि किताबको साइज हेरेर पाँच देखि १० लाखसम्म पुस्तक प्रकाशन गर्नेले पैसा तिनुपर्छ। अति विपन्न मान्छेहरूको किताब निःशुल्क प्रकाशन गरिदिएको उनले सुनाए। पुस्तक बिक्रीको पैसा पनि उसले नै पाउँछ। ‘मानिसहरूमा किताब लेख्नुपर्छ भन्ने सोच नै छैन’, उनले भने। व्यक्तिगत चिनजान र सम्पर्कका आधारमा मात्रै किताब लेख्न सहमत हुने गरेको उनले बताए। ‘किताब भनेको इतिहास हो भन्ने कसैले बुझेकै छैनन्’, उनले भने।
लेखन कुञ्जको यात्रा सजिलो भने पक्कै छैन। तर आफूले मन परेको काममा जस्तोसुकै च्यालेन्ज आए पनि उनलाई स्वीकार छ। उनीसँग एउटा महत्त्वाकांक्षी सपना पनि छ। लेख्न चाहनेरूका लागि सबै सुविधा भएको लेखनग्राम बनाउने। जहाँ घरको जस्तै खान पाइयोस्, बिहान उठ्नासाथ चराको किरिङमिरिङ सुन्न पाइयोस्। माटो, गोबरको गन्ध सुँघ्न पाइयोस्।
उनी भन्छन्, ‘लेख्न वातावरण नभएरै नेपालका खास कथा लेखिएकै छैनन्, कति छ कति कथाहरू जो प्रकाशनको अपेक्षामा छन्।’