अतिवाद र निषेधबाट समाज जोडिन्न

अतिवाद र निषेधबाट समाज जोडिन्न

नेतृत्व तहमा बस्नेले पनि विधि पालना गर्दै राजनीतिले जनतालाई जोड्न सके मात्र लोकतन्त्रको संस्थागत विकास हुन्छ।


समाज अनुदार हुँदा सामाजिक सद्भाव बिथोलिन्छ। बिथोलिएको सद्भाव जोड्ने माध्यम हो– सबल राजनीति। पछिल्लो समय नेपाली समाज अनुदारवादतर्फ उन्मुख हुँदा राजनीतिमा कतै विचलन त आउने होइन भन्ने आशंका उब्जिएका छन्। नेपाल मात्र होइन विश्वमा देखिएको राजनीतिक अस्थिरता र अनुदारवादको उदयले यसको संकेत गर्छ। नजिकै       श्रीलंकामा भएको घटनाले झन् हाम्रोजस्तो समाजलाई स्मरण गराउँछ। विश्व परिवेश अनुदारवादमा अग्रसर रहँदा दक्षिण एसिया क्षेत्रको समाज पनि त्यसबाट चोखो छैन।

यस क्षेत्र यही रूपमा अघि बढ्दा जाति, वर्ग, भाषा, लिंग, संस्कृतिको कमजोर पाटोमा अन्य शक्तिले खेल्ने मैदान भेटाउँछन्। शक्तिशालीहरू सधैं यस्तै मैदानको खोजीमा हुन्छन्। अनुदारवादउन्मुख समाजमा वस्तुको प्रयोग, अवसरको उपयोग, धार्मिक, रीतिरिवाजमा बन्देज लगाएको अवस्थामा समेत सामाजिक द्वन्द्व चुलिन्छ। समाज अस्थिर बन्छ। हुन त, विवाद तथा द्वन्द्वका अनेकन कारण हुन्छन् तर त्यसमध्ये पनि मुख्य कारक आफू मात्र ठीक र अरू बेठीकमै गएर अड्किएको हुन्छ। कार्ल माक्र्स पछ्याउनेहरू उनले प्रतिपादन गरेको सामाजिक द्वन्द्वको सिद्धान्तलाई आधार बनाएर समाजमा धनी–गरिब अर्थात् हुनेनहुने वर्गबीचको विद्रोहका रूपमा हेर्छन्। त्यतिले मात्र हाम्रोजस्तो समाजको सद्भाव बिथोलिँदैन। समाजमा विपन्नहरूले गर्ने विद्रोहलाई माक्र्सका अनुयायीले वर्ग संघर्षका रूपमा अँगालेका छन्। के त्यही पूर्ण हो त उदारवादउन्मुख हुन ?       भिन्नभिन्न खालका विभेद, निषेध र राज्यले गर्ने चलखेलकै कारण सामाजिक द्वन्द्व भइराख्छ। त्यसलाई जोड्ने काम राजनीतिक चेतना र चिन्तनले गर्छ। केही व्यक्तिवादी सोच र आफू सही भन्नेहरूले राजनीतिप्रति नकारात्मक भाव सृजना गरिदिएका छन्।

पछिल्लो समय दक्षिण एसियामा नयाँ अवस्था देखा परेको छ।       श्रीलंकामा भएको विस्फोटको घटना, माल्दिभ्समा देखा परेको राजनीतिक अस्थिरता, पाकिस्तानको आन्तरिक समस्या र अफगानिस्तानले भोग्दै आएको पीडा हेरौं। साधनस्रोतको वितरण पक्षले मात्र द्वन्द्व उत्पन्न हुने होइन भन्ने उदाहरण यी मुलुकको घटना स्मरण गर्दा स्पष्ट हुन्छ। समाजलाई कुन रूपमा छोड्यौं र त्यो समाज कता गयो भन्नेतिर ध्यान नदिँदा यस्ता समस्या देखा परेका हुन्। समाजमा सामाजिक मूल्यको विविधता, धर्म, संस्कृति र रहनसहनलाई अवलम्बन गर्नेहरू रहन्छन्।

एकले अर्काको धर्म, संस्कृति र रहनसहनलाई मान्यता नदिँदा वा बहुसंख्यकले अल्पसंख्यकको आस्था दबाउन खोज्दा वा बेवास्ता गर्दा मात्र होइन, धार्मिक अतिवादका कारणले समेत द्वन्द्वको अवस्था उत्पन्न हुन्छ। यही बीचमा एकथरी मानिस तनावलाई समाजमा कसरी घटाउने भन्नेमा लागिरहेका हुन्छन्। अनि उनीहरूलाई लाग्छ, ‘समाज सामाजिक तवर र नागरिकको स्तरबाट मात्रै जोडिन्छ।’ तर, हेक्का हुँदैन– त्यो समाज जोड्न राजनीतिक चेनता साथै चाहिन्छ। लाग्ला– समाजलाई राजनीतिले कसरी जोड्छ ?       राजनीतिक दलभित्र हुने सहकार्य र बुझाइ समाज जोड्ने कडी हो।

गत साता श्रीलंकामा भएको शृंखलाबद्ध विस्फोटका घटनाबाट हामीले सिक्नैपर्छ। १० वर्षमा शान्तिको सास फेरेको श्रीलंकाली समाज कसरी बिथोलियो ?       त्यसको कारक के हो ?       त्यो अहिलेको अहं प्रश्न बन्न पुगेको छ। हामीकहाँ सामाजिक सद्भाव साँच्चै लोभलाग्दो थियो। केही हदसम्म अझै छ। द्वन्द्वकालमा पनि मेलापात जाने र भजन गाउने काम भए, मानिस चौतारीमा बसेर गफिन्थे, जसले समाजलाई जोडेको थियो। तर, त्यो भत्कियो। नेपालभित्र मात्र होइन, यस भेगमा उक्त समस्या एउटा विकराल रूपमा देखा परेको छ।

नेपाली समाज

नेपाली समाजको वर्तमान राजनीतिक, सामाजिक र सांस्कृतिक परिवेशलाई नियाल्ने क्रममा नेपाली समाज अनुदारवादतर्फ उन्मुख भएकै हो त ?       नेपाली समाज बुझ्ने सन्दर्भमा भिन्न–भिन्न समयमा समाजमा उठ्ने गरेको अवधारणा केलाउन उपयुक्त हुन्छ। केही समयअघि संविधानसभाले प्रान्तीय संरचनाको घोषणा गर्दै थियो, टीकापुरमा दुःखदायी घटना भयो। त्यो घटना सबैको मानसपटलमा ताजै छ। त्यस घटनामा सुरक्षाकर्मी र सर्वसाधारण हताहत भए।

नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक समाज भन्दाभन्दै पनि त्यसका केही मान्यतालाई हामीले हेर्नुपर्छ जस्तो लाग्छ। त्यसमध्ये सबैभन्दा ठूलो बहुभाषिक र बहुसांस्कृतिक भन्दाभन्दै पनि हामीमा हिन्दु धर्म मान्नेहरू र सांस्कृतिक समुदायमा पहाडी भेगको वर्चस्व देखिन्छ, जहाँ बहुसंख्यक समुदाय हिन्दु धर्ममा विश्वास राख्छन्। हुन पनि यसलाई धर्मको रूपमा मात्र नभई संस्कारको रूपमा लिन्छौं। कसैलाई निषेध गरेको पाइँदैन। तर पनि सामाजिक सद्भावले के जनाउँछ भन्ने विषय टीकापुर घटनादेखि सन् २००६÷७ को गोरुसिंगे (द्वन्द्वकालमा राज्य र माओवादी घटना) घटनालाई पुनरावृत्ति गरेर हेर्न मन लागेको छ। हामीले नेपाल र दक्षिण एसियाकै सन्दर्भमा सद्भाव भन्नाले के बुझ्ने र आधारभूत तत्वलाई कसरी हेर्ने ?       केके भयो भने समाजमा भाइचारा बढ्छ ?       शान्ति र अमनचयन कसरी बढ्न सक्छ ? यसमा राज्यको विद्वत् वर्ग घोत्लिन आवश्यक छ।

दक्षिण एसियाली मुलुकमध्ये नै हामी बढी उदार, सद्भावपूर्ण र स्वतन्त्र मात्र होइनौं, खुसी र कर्ममा विश्वास गर्ने जनताका रूपमा छौं। यस्तो पुरानो र सद्भावपूर्ण सामाजिक संरचनालाई कायमै राख्न जरुरी छ।

धेरैलाई लाग्न सक्छ– हामी अघि बढिसकेका छौं। तर, नियालौं– नयाँ संविधान बनिसकेको छ, संस्थाहरू निर्वाचित भएर आएका छन्। जनप्रतिनिधिले काम गरिरहेका छन् तर पनि अनुदारवादी बन्दै गएको छ समाज। यसरी अघि बढ्ने हो भने अनेक छिद्राबाट चिरा पर्न सक्नेछ। धर्म, राजनीति र संस्कृतिको विषयमा देखिने अनुदारले समाजलाई साँघुरो बनाउँदै लैजान्छ। यसले समाज फराकिलो बनाउँदैन।

उदारताले सबै मतान्तर, इच्छा, अकांक्षा, चाहना र विषयलाई समायोजन र समाहित गर्दै लैजाने छ। जुन प्रकारको राष्ट्रवादको कुरा उठेको छ, भोलि त्यही विषयले समस्या निम्त्याउनेछ। जुन किसिमको संघीय र प्रान्तीय संस्था बनाएको छ, यसले कुनै किसिमको विद्वेष पनि ल्याउन सक्छ। किन देखिन्छ भने लोकतन्त्रले जनतालाई दिनुपर्ने सेवासुविधा दिएन भने र जोड्न सकिएन भने त्यो लोकतन्त्र नै हुँदैन र व्यवस्था टिक्दैन।

चिल्लो पात

राजनीतिक नेतृत्वले भन्दै आएको छ, ‘वर्तमान समय जग बनाउनै खर्चिएका छौं।’ हेर्दा त्यस्तो लाग्दैन। ‘हुने बिरुवाको चिल्ल पात’ अर्थात् ‘मर्निङ सो द डे’ भने झैं त्यस्ता भनाइलाई विश्लेषण गर्नुपर्ने बेला आएको छ। त्यो कता जान्छ भन्नेमा चनाखो हुनुपर्ने बेला छ।

वर्तमानले समाजको बाटो देखाउँछ। त्यसमा चुक्दा समस्या हुन्छ। यही विषयले हामीलाई कता लैजान्छ र भनिएको कुरा पु¥याउन नसक्दा के गर्ने भन्ने अन्योल थपिन्छ। जसले चिन्ता निम्त्याउँछ। त्यसमा सोच्न हामी बाध्य हुन्छौं। हुन त, हामीले धेरै क्षेत्रीय र जातीय दंगा खेप्नुपरेको छैन।       श्रीलंकामा जुन किसिमको आततायी घटना भयो, त्यस्तो घटना हामीले बेहोर्नुपरेको छैन र नपरोस् पनि। तर पछिल्लो समय समाज हाँस्न सकेको छैन। जोडिएको समाज खल्बल्याउने क्रियाकलाप देखा पर्न थालेको छ। त्यहाँ झिँझा सल्काउने सक्ने सम्भावना देख्छु।

यस्ता घटना नहोस् भन्नका लागि समाजलाई शिक्षित र जागरुक बनाउनेतर्फ लाग्नुपर्छ। सामाजिक आन्दोलन र शिक्षा मात्र होइन, राजनीतिक सद्भाव पनि आवश्यक छ।       श्रीलंका यस क्षेत्रकै शिक्षित मानिस बस्ने स्थान हो। किन त्यहाँ १० वर्षपछि पुनः शान्ति बिथोलिन पुग्यो। मालिदभ्स थोरै जनसंख्या तर शिक्षितहरू रहने स्थान किन सधैं अस्थिरतामा छ पछिल्लो समय ?       हामीले सोच्नुपर्छ। राजनीतिक संस्कारको विकास गर्न सक्नुपर्छ। त्यसलाई झीनामसिना कुरा भनेर पन्छाउनु हुँदैन। ठूला–ठूला सपना देखाएर पन्छाउने काम हुन थालेको छ। समृद्धिका नाममा सामाजिक न्याय छोडेका छौं, बिर्सेका छौं। उदाहरणका लागि सामाजिक सुरक्षा विगुल बजाएर आयो, तर त्यसनिम्ति चाहिने संस्था र तत्व तयार गरिएन। सद्भावका लागि सबैभन्दा पहिले सबै बराबर भन्ने भाव स्थापित गर्न सक्नुपर्छ। नसके सद्भाव टाढाको विषय बन्नेछ। समभावपछि सहभाव अर्को महत्वपूर्ण पाटो छ– सँगै बस्ने र हातोमालो गर्ने। जुन घटना       श्रीलंकामा भयो त्यो नहोस् भन्नाका लागि समाजलाई जागरुक बनाउनेतिर लाग्नुपर्ने देखिन्छ। त्यस किसिमको क्रियाकलाप हाम्रोजस्तो जर्जर हुँदै गएको समाजमा नहोला भन्न सकिँदैन।

हाम्रो समाजमा जुन विविधता र बहुलता छ, त्यसको बीचमा कस्तो किसिमका सामाजिक सन्दर्भहरू छन् भन्ने निक्र्योल गर्नुपर्छ। त्यसमा चिसोपना छ भने हाम्रो प्रगति नचाहनेले हात हाल्न सक्छन्। त्यसमा सक्रिय र चनाखो हुन जरुरी छ। अन्य शक्तिलाई दोष लगाउनुभन्दा आफू पहिले त्यसमा सतर्क हुन आवश्यक छ। सामाजिक सद्भाव जटिल झैं छ। बहुलता भएको विषयकै कारण हामीले ससाना कुरामा ख्याल गर्न आवश्यक छ। समाजका अन्तरद्वन्द्व पन्छाउने काम गरेका छौं। सामाजिक न्यायलाई ओझेलमा र्पान खोजेका छौं। समृद्धि भन्ने तर यसमा न्याय गर्न सकेका छैनौं।

 बराबरीको भाव

समुदाय होस् या मुलुक, हामी सबै बराबर छौं भन्ने भाव आवश्यक हुन्छ। समभाव र सहभावले नै सद्भावको सिँढी तय गर्छ। अन्यथा त्यो धेरै टाढा र गाह्रो हुन्छ। सद्भावसँगै सहभाव पनि उत्तिकै महत्वपूर्ण पाटो हो। यसलाई बिथोल्ने प्रयास विभिन्न कोणबाट भइरहेका छन्। विकासको नाममा प्राकृतिक सम्पदाको दोहन गरिरहेका छौं। सँगै बस्ने धरातलीय अवस्था बिगार्दै गएका छौं। समभावबाट निस्कने सहभाव पनि विस्तारै ध्वस्त पार्दै छौं। बसाइँसराइको आफ्नै प्रकारको पीडा छ। मन लागेर एक स्थानबाट अर्को स्थानमा मानिस सर्दैनन्। त्यसैले त सामाजलाई सद्भावपूर्ण बनाउन जरुरी छ। हाम्रा प्रतिनिधि यसमा कति कटिबद्ध छन् ?       त्यो महत्वपूर्ण पाटो हो।

सामाजिक भावलाई जोड्न समाज र समुदाय जोड्न आवश्यक छ। नयाँ संरचना उन्मुख हुँदै गर्दा सरकारले यसका लागि केकस्ता कार्यक्रम ल्याए त्यो महत्वपूर्ण पाटो हो। ठूला डिङमा हाँकेमा वा हामीबीच खेलेमा सामाजिक सद्भाव खोक्रो नारामा सीमित हुन्छ। स्थानीय सरकारको तहमा पाठ्यक्रममा पनि परिवर्तन गर्दै ल्याएको छ। सहभाव, समभाव र सद्भाव जोड्ने किसिमको शैक्षिक सामग्री ल्याउनुपर्छ। विचारलाई स्तरोन्नति गर्नुपर्छ।

राजनीतिक दल र आफ्नै दलमा लडेका साथीहरूबीच पनि सद्भाव आवश्यक छ। दुर्भाग्य, लामो समयदेखि सँगै लड्दै आएका कम्युनिस्ट पार्टीमा पनि भएको एकताको खाका र प्रक्रियामा असन्तुष्ट भएर नेताहरू एकै मञ्चबाट उठेर हिँड्नुपर्ने अवस्था आएको छ। यस्ता विषयलाई सुनिश्चित गर्न नसक्ने दलहरूले समाजबारे अध्ययन गर्न जरुरी छ। किन त्यसलाई नअँठ्याएको भन्ने विषयमा चर्चा गर्न जरुरी छ। सत्तासीन दलमा मात्र होइन प्रमुख प्रतिपक्षी दलमा पनि त्यो समस्या देखा परेको छ।

हुन त, हाम्रा नेताहरूबीच सद्भाव पनि देखिन्छ। मतान्तर हुँदाहुँदै पनि बनावटी हाँसोसहित टेलिभिजनमा देख्छौं। यसले केही सद्भाव झल्काउँछ। छिमेकी भारतमा बेलाबेलामा फैलिएजस्तो साम्प्रदायिक हिंसा हामीकहाँ छैन। उत्तरतर्फको जस्तो कडा शासन प्रणाली पनि हामीले बहोर्नुपरेको छैन। दक्षिण एसियाली मुलुकमध्ये नै हामी बढी उदार, सद्भावपूर्ण र स्वतन्त्र मात्र होइनौं, खुसी र कर्ममा विश्वास गर्ने जनताका रूपमा छौं। यस्तो पुरानो र सद्भावपूर्ण सामाजिक संरचनालाई कायमै राख्न जरुरी छ।४. निष्कर्ष

समाजलाई जोड्ने काममा यतिबेला हाम्रो राजनीतिमा कहाँ छ भन्ने मेरो प्रश्न हो। पाकिस्तान र बंगलादेशमा सधैं सेना हावी, भारत अनुदारवादतर्फ उन्मुख,       श्रीलंकामा द्वन्द्वको भय पुनरावृत्ति, माल्दिभ्समा राजनीतिक अस्थिरता, अफगानिस्तान पुरानै व्यथामा अनि भुटानमा एक समुदायलाई निषेधपछि देशबाट लखेटेर खुसी छौं भन्दै गरेको बाह्य छनक भत्किन समय लाग्दैन। अतिवाद र निषेधले कुनै समाज जोड्न सक्दैन। त्यसैले त हामी लोकतन्त्रउन्मुख हुनुपर्छ। यसलाई संस्थागत गर्नैपर्छ। शक्ति बाँडफाँडमा सचेत हुनैपर्छ। जनतालाई सेवा दिन राज्य चुक्नु हुँदैन। कताकति शक्ति केन्द्रित गर्ने र आफैं शासन पद्धतिमा दशकौं बस्ने योजना ल्याउने होइन। नेतृत्व तहमा बस्नेले पनि विधि पालना गर्दै राजनीतिले जनतालाई जोड्न सके मात्र लोकतन्त्रको संस्थागत विकास हुन्छ। यतिखेरको अहम् प्रश्न हो, ‘राजनीतिक दलभित्र आन्तरिक उदारता उदाहरणका रूपमा आउनुपर्छ।’ अनि मात्र हामी सभ्य र लोकतान्त्रिक समाजउन्मुख हुँदै विकासको पथमा अग्रसर हुने छौं।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.