साढे २ केजी चाँदीसहित २ जना पक्राउ

साढे २ केजी चाँदीसहित २ जना पक्राउ

परासी : भारतसँग सीमा जोडिएको पश्चिम नवलपरासीको महेशपुर नाकाबाट प्रहरीले साढे २ केजी चाँदी बरामद गरेको छ। परासीबाट भारतीय बजार ठूठीबारी लैजाने क्रममा बिहीबार २ केजी ५६० ग्राम चाँदी बरामद भएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।

चाँदीसँगै ओसारपसारमा संलग्न एक महिलासहित दुई जना पक्राउ परेका छन्। तरकारी बोक्ने बोराको झोलामा लुकाएर लैजादै गरेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा चाँदी फेला परेको हो। पक्राउ पर्नेमा पश्चिम नवलपरासी सरावल गाउँपालिका–४ घर भई हाल रामग्राम नगरपालिका– ४ बस्ने ४५ वर्षीया माधुरी गुप्ता र सोही नगरपालिका–१० लक्ष्मीपुरका ५५ वर्षीया रामवृक्ष पासी छन्। पक्राउ परेका व्यक्तिहरुले क्यारिङ्ग (अर्कैको सामान पुर्‍याउने) को काम गर्ने रहेको बताइएको छ।

उक्त चाँदी भारतको ठूठीबारीस्थित एसएम टन्च हाउसमा पुर्‍याउन लागिएको थियो। चाँदी महिलाको झोलाबाट बरामद भएको हो। भने पुरुषसँग ठूठीबारीको पसलमा पुर्‍याउन लागिएको चाँदीको नम्बर उल्लेख गरेको रसिद फेला परेको प्रहरी उपरीक्षक भट्टले बताए। रसिदमा चाँदीको क्रमांक १४८९ उल्लेख छ। बरामद भएको चाँदीमा पनि सोही नं. उल्लेख रहेको छ। उक्त चाँदी सदरमुकाम परासीस्थित जय गणपति सुनचाँदी पसलका सञ्चालक अर्जुनकुमार सुनारले पठाएको पक्राउ परेका व्यक्तिलाई उदृत गर्दै प्रहरीले जनाएको छ।

आरोपित पसलका सञ्चालक सुनारले भने आफूले कसैलाई चाँदी दिएर नपठाएको दाबी गरेका छन्। बरामद भएको चाँदी गिन्नी (दोस्रो नं.) को हो। त्यसको मूल्य डेढलाख बराबर छ। बजारमा पहिलो नं. को चाँदी प्रति तोला ८ सय बढी छ भने दोस्रो नं. को ७ सयको हाराहारीमा रहेको व्यवसायीहरुले बताएका छन्।  

बरामद भएको चाँदी र व्यक्तिहरुलाई आवश्यक कारबाहीका लागि शुक्रबार राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ। पछिल्लो पटक जिल्लाका सीमावर्ती नाकाबाट विदेशी मुद्रा र चाँदीको ओसारपसार गर्ने कार्य बढेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.