शिक्षक नहुँदा विद्यालय बन्द

शिक्षक नहुँदा विद्यालय बन्द

धनकुटा : शिक्षक नहुँदा धनकुटाका दुई सामुदायिक विद्यालय बन्द हुने अवस्थामा पुगेका छन्। अस्थायी शिक्षकको म्याद नथपिँदा साँगुरीगढी गाउँपालिका–२ बुढीमोरङका दुई प्राथमिक विद्यालय बन्द हुन लागेका हुन्।

शिक्षक अभावकै कारण सोही वडाको गैरी गाउँको जलकन्या प्राविमा ताला लागेको डेढ महिना भइसकेको छ। जलकन्या प्राविमा नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना भएनन्। विद्यालयकी अस्थायी शिक्षिका कल्पना राईको म्याद फागुन मसान्तमा सकिएको थियो। विद्यालय कर्मचारीमा कार्यरत छायाँ लिम्बूले पनि जागिर छाडेका कारण अहिले विद्यालय अलपत्र छ।

गत शैक्षिक सत्रमा ५ जना मात्रै विद्यार्थी पढ्थे। शिक्षकको म्याद नवीकरण नहुँदा विद्यालयले नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान समेत सञ्चालन गर्न सकेन। भएका विद्यार्थी आधा घण्टाको पैदल दूरीमा रहेको राम मावि तथा नजिकैका निजीमा भर्ना भएको शिक्षिका राईले बताइन्। विद्यालयमा कक्षा १ देखि ३ कक्षासम्म पढाइ हुन्थ्यो।

जिम्मेवार निकाय नहुँदा विद्यालय छाडे पनि ताला हस्तान्तरण गर्न नपाएको उनले गुनासो उनको छ। गैरी गाउँमा ४२ भन्दा बढी घर छन्। गाउँमा कक्षा १ देखि ३ कक्षा सम्म पढ्ने उमेर समूहका बालबालिका २५ जना हाराहारीमा छन्। तर ती सबै बालबालिका राम मावि र निजी स्कुलमा भर्ना भएका छन्।

त्यस्तै सोही वडाको सिंहश्वरो गाउँमा बुढासुब्बा प्रावि छ। विद्यालयमा कार्यरत दुई शिक्षकले अनिवार्य अवकाश पाएपछि एक जना कर्मचारीको भरमा चलेको छ। यो विद्यालयमा कक्षा १ देखि ३ कक्षासम्म पढाइ हुन्छ। कक्षा ३ मा विश्वास लिम्बू र रोमिहाङ लिम्बु अध्ययनरत छन्।

विद्यालयमा शिक्षक नहुँदा नयाँ भर्ना अभियान र नयाँ शैक्षिक सत्रको पढाइ हुन नसकेको विद्यालयकी कर्मचारी संगीता लिम्बूले बताइन्। ‘विद्यार्थी आउँछन्। पढाई नभएपछि गइहाल्छन्’, उनले भनिन्, ‘म दिनभर विद्यालय रुँगेर बस्छु।’ विद्यालयमा गत शैक्षिक सत्रमा ५ विद्यार्थी अध्ययनरत थिए।

गाउँका अधिकांश विद्यार्थी करिब एक घण्टा टाढा रहेको राम मावि र निजी स्कुलमा पढ्न जाने गर्छन्।

यता साँगुरीगढी गाउँपालिका शिक्षा शाखा प्रमुख कन राईले शिक्षक अभावका कारण पठन–पाठन नभएको दुई विद्यालयमा शिक्षक जुटाउने प्रक्रिया अघि बढिरहेको बताए। नजिकै रहेको राम माविबाट एक जना शिक्षक बुढासुब्बा प्राविमा पठाउने प्रक्रिया अघि बढेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.