सुदूरपश्चिमको आगामी आवको बजेट ३० अर्ब

सुदूरपश्चिमको आगामी आवको बजेट ३० अर्ब

धनगढी : सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०७६ र ७७ का लागि ३० अर्ब सम्मको बजेट ल्याउने तयारी गरेको छ।प्रेस क्लब नेपालले धनगढीमा आयोजना गरेको साक्षत्कार कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले आगामी आर्थिक वर्षका लागि झण्डै ३० अर्बको बजेट ल्याइने बताएका हुन्।

उनले आगामी बजेटका लागि मन्त्रालयले गृहकारी सुरु गरिसकेको बताए। मानव सूचकांकको आधारमा बझाङ, बाजुरा, दार्चुला र अछामलाई विशेष प्राथमिकतामा राखेर बजेट निर्माण गरिने उनले जानकारी गराए।

बजेटका बारेमा सम्बन्धित सरोकारवालासँग छलफल तथा अन्तरक्रिया भइरहेको भन्दै उनले भने, 'बजेटका बारेमा प्रदेशका सबै जिल्लामा छलफल तथा अन्तरक्रिया गरिरहेका छौं। के-कस्ता कार्यक्रमलाई समेट्ने र कसलाई प्राथमिकतामा राख्ने भन्नेबारेमा गहन गृहकार्य भइरहेको छ।'

उनले एक मापदण्ड बनाएर सोहीअनुसार बजेट निर्माण गर्ने काम भइरहेको बताए। गत वर्ष पहुँचका आधारमा बजेट बाँडियो भन्ने गुनासा आएको भन्दै उनले यस वर्ष निश्चित मापदण्डका आधारमा मात्रै कार्यक्रम समेटिने बताए।

मन्त्री बोहराले कैलाली र कञ्चनपुरमा विशेष औद्योगिक क्षेत्र बनाई बजेट छुट्याउने बताए। उनले प्रदेशको राजधानीका लागि पनि बजेट छुट्याउने जानकारी दिए। आगामी जेठ १५ गतेभित्र प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने र असार १ गते बजेट ल्याउने तयारी रहेको छ।

सुदूरपश्चिम प्रदेश सरकारले गत वर्ष २५ अर्ब ६ करोड ५६ लाखको बजेट ल्याएको थियो। जुन बजेट हालसम्म १५ प्रतिशत मात्रै खर्च हुन सकेको छ।यद्यपी भौतिक प्रगित भने बढी भएको मन्त्री बोहराको दाबी छ। उनले चालु बजेट करिब ६० प्रतिशत खर्च हुने दाबी गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.