पुस्तकविहीन विद्यार्थी

पुस्तकविहीन विद्यार्थी

मुगु : नयाँ शैक्षिक सत्र सुरु भएको आधा महिला बित्दासेमत मुगुका विद्यार्थीको हातमा किताब पुग्न सकेका छैन। एक वर्षअघि प्रधानमन्त्रीले अभिभावकत्व ग्रहण गरेकी बालिकाले पनि किताब पाएकी छैनन्।

कर्णाली–रारा पर्यटन महोत्सव उद्घाटन गर्न आएका बेला प्रधानमन्त्री केपी ओलीले भर्ना गराएका दुई बालिका अहिले रित्तो हात विद्यालय जान्छन्। मुगुको कार्मारोङ गाउँपालिका–८ माँग्री गाउँकी दुई बालिकालाई सोही गाउँमा रहेको बुद्ध माध्यमिक विद्यालयमा धमाधम पढाइ भएसक्दा पनि किताब पाएका छैनन्।

अघिल्लो वर्षको भर्ना अभियानमा प्रधानमन्त्री ओलीले माँग्री गाउँको बुद्ध माविमा ठिल्ने साग्बु लामालाई कक्षा १ र सोही विद्यालयमा छिरिङ छेजुम लामालाई कक्षा २ मा भर्ना गरेका थिए। प्रधानमन्त्रीले आफंै अभिभावक बनेर भर्ना गरेपछि दुबैजना अहिले गाउँमा प्रधानमन्त्रीकी छोरी भनेर परिचित छन्। ठिल्ने साग्बु यो वर्ष कक्षा १ को परीक्षामा प्रथम भइन भने छिरिङ छेजुमले कक्षा २ को परीक्षामा राम्रै अंक ल्याएर ३ कक्षामा अध्ययन गरिरहेकी छन्।

किताब बिक्री गर्ने एजेन्टले जिल्लामा नल्याउदा प्रधानमन्त्रीकी छोरीबाट परिचित यी दुवै बालिकासहित विद्यालयका दुईसय ८६ बालबालिका रित्तो हात विद्यालय आउने गरेको प्रधानाध्यापक डिलेन्द्रबहादुर शाहीले बताए। वैशाख १६ देखि विद्यालयमा पढाइ सुरु भएको छ। ‘नातिनीको कक्षाका साथीहरूले पुराना किताब भेट्टाएका रहेछन्, साथीहरूले झोलामा किताब बोकेर स्कुल जान थालेको देखेर होला साथीहरू प्रधानमन्त्रीको छोरीसँग नै किताब छैन भनेर जिस्क्याउँछन् भन्दै स्कुल जान इच्छा देखाउदिन’, साग्बुका बाजे कार्मा छेवाङ लामाले भने।

न्यानो स्पर्श नामक गैरसरकारी संस्थाले कक्षा १ देखि १० सम्म पुस्तक शिक्षकलाई अध्यापन गराउनेप प्रयोजनका लागि उपलब्ध गराएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.