सिस्टममा समस्या आएपछि सरकारी वेबसाइट बन्द
काठमाडौं : राष्ट्रिय सूचना प्रविधि केन्द्रको सिस्टममा समस्या आएको छ।सिस्टममा प्राविधिक समस्या आएपछि नेपालका सम्पूर्ण सरकारी वेबसाइट करिब आधा घन्टादेखि बन्द भएका छन्।
सरकारी सर्भर बन्द भएपछि देशरभरका सरकारी कार्यालयको काम प्रभावित भएको छ।
सर्भरमा सामान्य समस्या आएपछि मर्मतको कार्य जारी रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका सूचना अधिकारी रमेशप्रसाद पोखरेलले जानकारी दिए। वेबसाइट पुन: संचालनमा आउन अझैं समय लाग्ने सूचना अधिकारी पोखरेलले जनाए।