सहकारीमा समस्यै समस्या

सहकारीमा समस्यै समस्या

काठमाडौं : सहकारी क्षेत्रमा समस्यै समस्या देखिएको छ। सहकारीले नियमविपरित कारोबार गर्ने गरेकाले सहकारीमा समस्या थुर्पिदै गएको हो। सहकारी विभागका अनुसार चालू आर्थिक वर्षको फागुनसम्म ३४ हजार सात सय ३७ सहकारी छन्।

विभागले सहकारीको विकृति हटाउन नियमनमा कडाई गर्दै आए पनि प्रभावकारी हुन नसक्दा सहकारीका समस्या बढ्दै गएका छन्। विभागका अनुसार अधिकांश सहकारीले सहकारीका मुल्य मान्यता र अन्तराष्ट्रिय सिद्धान्तको प्रयोग र पालना गर्ने सहकारी निकै कम छन्।

सहकारी विभागका रजिष्ट्रार डा.टोकराज पाण्डेले सहकारी क्षेत्रमा विकृति नियन्त्रण गर्न निर्मम भएर लाग्ने बताए। ‘ धेरै सहकारीमा विचलन देखिएको छ,’ उनले भने, ‘हामी सहकारीका विकृति हटाउन नयाँ कदम चाल्दै छौं’ समयमा नियमन गर्न नसकेकाले सहकारीमा समस्या बढ्दै गएको सहकारी विभागले स्वीकारेको छ। सहकारीमा सम्पत्ति सुद्विकरणसमेत लागू हुन सकेको छैन।

सहकारी विभागका अनुसार सहकारीले मनोमानी ढंगले कार्यक्षेत्र बाहिर कारोबार गर्ने गरेका छन्। सहकारीले घरजग्गा तथा हाउजिङ्गमा लगानी गर्दा सहकारी समस्यामा परेका छन्। घरजग्गा तथा हाउजिङमा अन्धाधुन्ध लगानी गरेका कारण ओरेन्टल सहकारी समस्याग्रस्त घोषित छ। पछिल्लो समयमा करिब ९० प्रतिशत कर्जा हाउजिङमै केन्द्रीत गरेको सिभिल सहकारी पनि धराशायी हुन पुगेको छ। झण्डै आठ अर्बको कारोबार गर्दै आएको सिभिल सहकारीले सात अर्ब ४३ करोड आफ्नै स्वामित्वको हाउजिङमै लगानी गरेको छ।

रजिष्ट्रार पाण्डेले सहकारीको अनियमितता हटाउन लागिपरेको बताए। ‘इन्डिकेटरबेस मनिटरिङ गरी समस्या सम्बोधन गर्न लागिपर्ने छौं’ सहकारी अपारदर्शी भएर जान नसक्ने उनले उनको भनाइ छ।सहकारीले प्रयोग गर्ने सफ्टवेयरमा एकरुपता नहुदाँ सहकारीले चलखेल गर्ने मौका पाएका छन्। ‘सफ्टवेयरमा एकरुपता ल्याउन हामी अघि बढेको छौं, यसबाट राम्रो नतिजा आउने छ’ उनले भने।

सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ जारी भएको छ। उक्त व्यवस्था कार्यान्वयन गर्न विभागले पहिलो प्राथमिकता दिने पाण्डेको भनाइ छ। विभागले अनुगमन गर्दा सहकारीले कार्यक्षेत्र विस्तार र बचत संकलनमा होजबाजी गर्ने, सीमित सदस्य असिमित कारोबार गर्ने गरेको पाइएको छ।

विभागका शाखा अधिकृत टोपलाल अर्यालले सहकारी खरिदबिक्रीसमेत हुने गरेको जानकारी दिए। ‘खरिदबिक्री रोक्न हामी लागिपरेका छौं’ उनले भने। ठूला संस्थाबाट सर्बसाधारणको विचल्ली हुने गरेको छ। ग्रामीण क्षेत्र भन्दा शहरीक्षेत्रमा सहकारीको विकृती बढी छ।

सहकारीले संस्था डुवाई संचालक फरार हुने, लोभलाग्दो÷अपत्यारिलो व्याजदर निर्धारण गर्ने,उपहार कार्यक्रम राखी भडकिलो विज्ञापन गर्ने, समयमा लेखापरीक्षण ÷साधारण सभा नगर्ने, राजनीतिक रंगबाट सहकारीलाई दुषित पार्न खोजिएको विभागले अनुगमनका क्रममा फेला पारेको छ। सहकारीले संस्थापक सदस्य र गैरसंस्थापक सदस्य भन्दै विभेद गर्ने गरेका छन्। सहकारी नियमअनुसार त्यसो गर्न पाइँदैन। एक व्यक्ति धेरै सहकारीमा बस्ने परिपाटी छ।

सहकारीमा सञ्चालक समिति र लेखा समिति रहन्छन्। तर लेखा समितिमा लेखाको विषय जनानेका सदस्य आउने भएकाले लेखा समिति प्रभावकारी हुन नसकेको विभागले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.