पाल्हीनन्दन गाउँपालिकाको ६० प्रतिशत योजना सम्पन्न

पाल्हीनन्दन गाउँपालिकाको ६० प्रतिशत योजना सम्पन्न

परासी : पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले सञ्चालन गरेका योजनामध्ये ६० प्रतिशतको काम सम्पन्न भइसकेको जनाएको छ। आ.व. २०७५/०७६ का लागि गाउँपालिकाले ६ सय योजना सञ्चालन गरेको छ।

जसमध्ये ४० प्रतिशत सञ्चालनमा रहेको र त्यसमध्ये अधिकांश अन्तिम चरणमा रहेको प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले जानकारी दिए।सबैजसो योजना स्थानीय उपभोक्ताबाट सञ्चालित छन्। 

सञ्चालन भएका योजनामा अधिकांश सडक, र संरचना निर्माणका छन्।सम्पन्न भएका योजना र चालु भएका योजनाको गुणस्तरलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिएको गाउँपालिकाका अध्यक्ष दीपक गुप्ताले बताए।

गाउँपालिकाले कृषिलाई प्रमुख प्राथमिकतामा राखेर काम गरेको गुप्ताको भनाई छ। जसअन्तरगत अनुदानका विभिन्न जातका बिउ, बिजन वितरण गर्नुका साथै मौसमअनुसार कृषकलाई तालिम प्रदान गरिँदै आइएको छ।

त्यसैगरी सिंचाईका लागि ५० प्रतिशत अनुदानमा पम्पसेट उपलव्ध गराउने प्रक्रिया अघि बढाइएको गुप्ताले जानकारी दिए। गुप्ताकाअनुसार गाउँपालिकाको ४५ लाख र प्रदेश सरकारको १५ लाख लागतमा कृषकलाई पम्पसेट खरिद गरेर वितरण गर्ने प्रकृया अघि बढेको छ।

गाउँपालिकाले देशकै पहिलो भवनका रुपमा चार तले लिफ्टसहितको कार्यालय निर्माणको तयारी अन्तिम चरणमा पुगेको गुप्ताले बताए। असारको पहिलो हप्ताभित्र नयाँ भवनबाट काम सुरु गर्ने तयारी गाउँपालिकाको छ।

त्यसैगरी चालु आ.व.को १० महिनको अवधिमा खर्च प्रगति ७८.२८ प्रतिशत रहेको गाउँपालिकाले जनाएको छ। हालसम्म ३० करोड ९६ लाख ११ हजार आम्दानी भएकोमा २४ करोड २३ लाख ७३ हजार खर्च भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.